लकडाउन खुकुलो भएसँगै बढ्न थाले कोरोना सङ्क्रमित, दाङमा सक्रिय सङ्क्रमित १०२ जना – Kanika Khabar
Thursday, April 18Nepali News Portal

लकडाउन खुकुलो भएसँगै बढ्न थाले कोरोना सङ्क्रमित, दाङमा सक्रिय सङ्क्रमित १०२ जना

    मा प्रकाशित

६ साउन, दाङ ।
कोरोना सङ्क्रमण फैलन नदिनका लागि जारी लकडाउनमा खुकुलो भएसँगै कोरोना सङ्क्रमितहरु बढ्न थालेका छन् । पछिल्लो समयमा घट्दै गएको कोरोना सङ्क्रमणमा बृद्धि हुन थालेको हो ।
पछिल्लो २४ घण्टामा दाङमा थप ३३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोराहीमा एक सय जनाको पिसिआर परीक्षण गर्दा १८ पुरुष र १५ जना महिलामा कोरोना संक्रमण पुष्टि भएको हो ।

संक्रमण पुष्टि हुनेमा घोराहीका २०, लमहीका ४, तुलसीपुरका ३, राप्ती र शान्तिनगरका २÷२ तथा बबई र राजपुरका एक एक जनामा कोरोना पुष्टि भएको जिल्ला आपतकालिन कार्य सञ्चालन केन्द्रले जनाएको छ ।

योसँगै दाङमा सक्रिय बिरामीको संख्या एक सय २ पुगेको छ । ती संक्रमित मध्य ८३ जना घरमा, ११ जना अक्सिजन सहितको उपचारमा र ८ जना आईसियूमा रहेका छन् ।

यसैबिच आज २६ जना कोरोना मुक्त भएका छन् । घोराहीका १७, लमहीका ३, तुलसीपुर र गढवाका २÷२ तथा राप्ती र राजपुरका एक एक जना कोरोना मुक्त भएका हुन् । यसैबिच आज दाङमा एक जना कोरोना संक्रमितको मृत्युभएको छ ।

घोराही उपमहानगरपालिका१४ का ४२ वर्षिय पुरुषको कोरोना संक्रमणका कारण मृत्यु भएको हो । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचारको क्रममा ति पुरुषको गएराती मृत्यु भएको घोराही उपमहानगरपालिका स्वास्थ्य शाखाले जनाएको छ ।

उहाँलाईअसार २० गते कोरोना संक्रमण पुष्टि भएको थियो ।यो सँगै बैशाख यता दाङमा २ सय ७ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । बैशाख यता दाङमा ८ हजार ३ सय १२ जनामा कोरोना पुष्टि भएको छ भने८ हजार ४ जना निको भएका छन् ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्