एमाले ओली पक्षले पठायो फ्लोर क्रस गर्ने २२ सांसदलाई स्पष्टीकरण पत्र – Kanika Khabar
Saturday, April 20Nepali News Portal

एमाले ओली पक्षले पठायो फ्लोर क्रस गर्ने २२ सांसदलाई स्पष्टीकरण पत्र

    मा प्रकाशित

साउन ६, काठमाडौँ ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले फ्लोर क्रस गर्ने २२ सांसदलाई स्पष्टीकरण पत्र पठाउनुभएको छ ।५ साउनको मिति राखेर पठाइएको पत्रमा फ्लोर क्रस गरेर प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएको बारे केही उल्लेख गरिएको छैन । तर पार्टी विरुद्ध भेला तथा गुटगत गतिविधि गरेको र पार्टी निर्णय विपरीत विपक्षी गठबन्धनमा सामेल भई अपराधपूर्ण काम गरेको आरोप लगाएको छ । आइतबार प्रधानमन्त्री शेरबहादुर देउवाले संसदमा विश्वासको मत लिँदा वरिष्ठ नेता माधवकुमार नेपालसहित २२ सांसदले फ्लोर क्रस गरेर मत दिएका थिए । त्यसको भोलिपल्ट बसेको एमाले अध्यक्ष ओली पक्षीय नेताहरु मात्र रहेको केन्द्रीय कमिटी बैठकले २२ सांसदलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो ।

यसैबीच, नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल पक्षका स्थायी कमिटी सदस्यहरुले भने नेताहरु विरुद्धका नाराबाजी रोकेर एकताको कामलाई अघि बढाउन अध्यक्ष ओलीको ध्यानाकर्षण गराएका छन् । बानेश्वरमा आज बसेको खनाल–नेपाल पक्षका स्थायी कमिटी सदस्यहरुको बैठकले एकताका लागि वार्ता र १० बुँदे सहमति भएको अवस्थामा सांसदहरुलाई स्पष्टीकरण सोध्ने काम गलत भएको निष्कर्ष निकालेको छ । एकता वार्ता चलिरहेको र १० बुँदे सहमति भएको अवस्थामा स्पष्टीकरण सोध्ने र वरिष्ठ नेता माधवकुमार नेपालविरुद्ध नाराबाजी गर्दै पुत्ला जलाउने साथै सर्वोच्च अदालतको फैसला अनुरुप आफ्नो विवेक प्रयोग गरेर विश्वासको मत दिने सांसदहरुलाई आतंकित पार्ने काम तत्काल रोकिनु पर्ने बारेमा बैठकमा छलफल भएको थियो ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्