सरकारको साझा नीति तथा कार्यक्रम आवश्यक : माओवादी केन्द्र – Kanika Khabar
Friday, April 19Nepali News Portal

सरकारको साझा नीति तथा कार्यक्रम आवश्यक : माओवादी केन्द्र

    मा प्रकाशित

साउन ६, दाङ ।
नेकपा माओवादीले शेरबहादुर देउवा नेतृत्वको सरकार सफल बनाउन गठबन्धनबीच साझा नीति तथा कार्यक्रम आवश्यक भएको ठहर गरेको छ । आज बसेको स्थायी कमिटी बैठकले छिटै त्यस्तो कार्यक्रम बनाउने निर्णय पनि गरेको छ ।

साझा कार्यक्रम गठबन्धनले बनाउने र सोही अनुसार सरकार सञ्चालन गर्ने माओवादीले निर्णय गरेको छ । बैठकले केपी शर्माओलीको प्रतिगामी कदम असफल पार्न सहयोग गर्ने सवैलाई धन्यवाद दिदै गठबन्धनको सरकारलाई सफल बनाउन साझा नीति तथा कार्यक्रम वा न्युनतम साझा प्रतिवद्धता आवश्यक भएको ठहर गर्दै त्यस्ता कार्यक्रम तय गर्न कार्यदललाई निर्देशन दिएको नेता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो ।

गठबन्धनको सरकार हिजोको सरकार जस्तो हुनु नहुने भन्दै हिजो जुन प्रवृतिका विरुद्ध संघर्ष गरेको हो त्यस कुरामा सतर्क र सचेत रहनुपर्नेमा बैठकले जोड दिएको पनि श्रेष्ठले बताउनुभयो । त्यस्तै माओवादीले प्रतिगमन विरुद्धको संघर्ष सकिएपछि र नयाँ सरकार गठन भएर विश्वासको मत समेत लिइसकेकाले पार्टीलाई व्यवस्थित ढंगले सञ्चालन गर्न ध्यान केन्द्रीत गर्ने निर्णय पनि गरेको छ । सरकारमा जाने विषयमा भने आजको बैठकमा कुनै छलफल नभएको माओवादी केन्द्रले जनाएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्