मदन मुस्कानले ल्याए तिजको कोशेली ‘नक्कली मोरी’ (भिडियो सहित) – Kanika Khabar
Friday, April 19Nepali News Portal

मदन मुस्कानले ल्याए तिजको कोशेली ‘नक्कली मोरी’ (भिडियो सहित)

    मा प्रकाशित

कृष्ण अधिकारी
दाङ ६ साउन ।
हिन्दु नारीहरुको महान चाड हरितालिका तीजको अवसर पारेर गायक तथा संगीतकार मदन बि.क मुस्कानले आफ्नो नयाँ कोशेली नकली मोरी सार्वजनिक गरेका छन् ।
साउन महिनाको पहिलो बुधबार पारेर सार्वजनिक गरिएको उक्त गीतमा मुस्कान र रेजिना परियारको स्वर रहेको छ । सानै उमेरदेखि नेपाली सांगीतिक क्षेत्रमा सक्रिय रहेका मुस्कानले २दर्जन भन्दा बढी गीतमा स्वर र संगीत भरेका छन् । आज सार्वजनिक गरेको उक्त गीतमा पनि मुस्कानकै स्वर संगीत रचना पनि आफ्नै रहेको छ र मोडल पनि आफै गरेका छन् ।


५ वर्ष पहिले सार्वजनिक गरेको तीज गीत यसपालि त उडाउँछु माया तुलसीपुरमा धुलोलाई दर्शक श्रोताले अत्यधिक मन पराएका कारण भाग दुईको रुपमा नक्कली मोरी दर्शक श्रोताहरू माझ लिएर आएको मुस्कानले बताएका छन् । उनका अनुसार यसमा स्वर दिएका गायक गायिका बाहेक करिना डाँगी ,रचना खड्का , साबित्रा बि.क ,ससा सिह, सुसान क्षेत्री, तुफान वली, मुस्कानको नृत्य तथा अभिनय देख्न सकिनेछ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्