दाङको बजारमा रेनोको काइगर कार – Kanika Khabar
Wednesday, April 24Nepali News Portal

दाङको बजारमा रेनोको काइगर कार

    मा प्रकाशित

दाङ, ७ साउन ।

दाङको बजारमा रेनोको काइगर कारको लन्च गरिएको छ । जोशी अटो भिलेजले मंगलवार एक कार्यक्रमको आयोजन गरी कारको लन्च गरेको हो ।

कारको लन्च दाङ जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष टंकसिंह बुढाथोकी, नेपाल उद्योग वाणिज्य महासंघका निवर्तमान केन्द्रीय सदस्य धुवराज श्रेष्ठ ९भारी० र दाङ जिल्ला उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष नारायणप्रसाद भुसालले गरेका हुन् । रेनो काइगर थुप्रै विशेषता रहेको कम्पनीले जनाएको छ । कारको स्पोटी आवरण, सर्माट प्रविधि रस्टनिङ प्रर्दशनी रहेको कम्पनीले दावी गरेको छ । गाडी चलाउँदा आन्द लिन सक्ने भएको छ ।

कारमा एबीएस, इविडि ब्रेक्रिङ प्रविधि छन् भने ४ वटा एयर व्याग रहेको जोशी अटो भिलेजका डाइरेक्टर सुनिल श्रेष्ठले जानकारी दिए । गाडीमा सुरक्षा प्रविधिलाई विशेष ध्यान पु¥याएको कम्पनीको भनाइ रहेको छ । यो एसयुभिमा एलइडी हेडल्याम्प, एलइडी डेटाइम रनिङ लाइट, ८ इञ्चको टचस्क्रिन इन्फोटेनमेन्ट, वायरलेस फोन चार्ज, अटोमा एसीलगायतका सुविधा रहेको उनले बताए । त्यसै गरेर १६ इञ्चको अलोय ह्विल रहेको छ ।

गाडीमा ४०५ लिटरको वुट स्पेस रहेको छ । रेनो काइगरमा भएको १।० लिटर नेचुरल्ली एस्पिरेटड पेट्रोल इन्जीनले ७१ वीएच पी पावर र ९६ एनएम टर्क जेनेरेट गर्ने गर्दछ । यो ९९९ सिसी गाडी रहेको कम्पनीले जनाएको छ । रेनोकाइगर ६ वटा रग कलर र ४ भेरियन्टमा उपलब्ध रहेको श्रेष्ठले बताए । गाडीको मुल्य २८ लाख ४९ हजार देखि ३७ लाख ६९ हजार सम्म मुल्य छ ।

कार्यक्रममा बोल्दै दाङ जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष बुढाथोकीले कोभिडले व्यवसायीहरु समस्यामा परेको बताए । कोभिड संक्रमण रोक्नका लागि लामो समयसम्म भएको बन्दले व्यवसायीहरु मारमा परेको उनको भनाइ रहेको छ । कोभिड विरुद्धको खोप उपलब्ध गराउनका लागि आफूहरुले पहल गरिरहेको उनले बताए ।

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका निवर्तमान केन्द्रीय सदस्य धुवराज श्रेष्ठ ९भारी०, संघका निवर्तमान अध्यक्ष नारायणप्रसाद भुसाल, घोराही अटो भिलेज व्यवस्थापन समितिका अध्यक्ष दुर्गा खत्रीलगायतले मन्तव्य राखेका थिए । कार्यक्रम जोशी अटो भिलेजका डाइरेक्टर सुनिल श्रेष्ठको अध्यक्षतामा भएको थियो । अटोभिलाका सेल्स म्यानेजर मनिष विश्वकर्माको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण चन्द्रप्रकाश नेपालीले गरेका थिए ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्