आज चीनबाट ८ लाख भेरोसेल खोप नेपाल ल्याइने – Kanika Khabar
Saturday, April 20Nepali News Portal

आज चीनबाट ८ लाख भेरोसेल खोप नेपाल ल्याइने

    मा प्रकाशित

साउन ७, दाङ ।
चीनबाट आज विहिवार ८ लाख डोज भेरोसेल खोप नेपाल ल्याइँदैछ । बुधवार बेइजिङ गएको नेपाल वायु सेवा निगमको जहाजले दिउँसो काठमाण्डौमा खोप ल्याउनेछ ।आजै फेरि जहाज खोप लिन बेइजिङ जाने निगमले जनाएको छ । पर्सि ९ गते जाने जहाजले १० गते फेरि खोप नेपाल ल्याउने छ । यसअघि असार २५ गते आठ लाख मात्रा खोप चीनबाट ल्याइएको थियो । चीनले नेपाललाई अनुदानमा थप १६ लाख डोज खोप दिने प्रतिबद्धता जनाइसकेको छ । केही दिनभित्रै अनुदान र खरिद गरेको गरी २५ लाख डोज खोप आउने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यसअघि चीनले १८ लाख डोज खोप अनुदानमा दिएको थियो । यस्तै कोरोना विरुद्धको खोप अभियानअन्तर्गत अमेरिकी सरकारले उपलब्ध गराएको जोन्सन एण्ड जोन्सन खोप अहिलेसम्म ८१ हजारभन्दा धेरैले लगाइसकेका छन् । जोन्सन एण्ड जोन्सन खोप अभियान अहिले वाग्मती प्रदेश र गण्डकी प्रदेशमा मात्र सञ्चालन भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।अमेरिकाले उपलब्ध गराएको जोन्सन एण्ड जोन्सनको १५ लाख ३४ हजार ८५० डोज खोप असार २८ गते नेपाल आइपुगेको थियो । यो खोप वैज्ञानिक हिसाबले एक डोज मात्रै लगाउँदा पुग्छ । यो खोपको विषयमा धेरैले आशंका गरे पनि खोप सुरक्षित रहेको विज्ञहरुले बताउँदै आएका छन् ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्