माडी नदीमा बगेर बेपत्ता भएका प्युठानका दुई बालिकाको शव फेला – Kanika Khabar
Thursday, April 25Nepali News Portal

माडी नदीमा बगेर बेपत्ता भएका प्युठानका दुई बालिकाको शव फेला

    मा प्रकाशित

दाङ, ७ साउन ।

माडी नदीमा बगेर बेपत्ता भएका प्युठानका दुई बालिकाको शव भेटिएको छ । सोमवार दिउँसो बाख्रा चराउन गएका सरुमारानी गाउँपालिका–४ बैकेका बोमबहादुर थापा मगरकी ८ वर्षीया छोरी विपना थापा मगर र मान्द्रेका नुमबहादुर थापाकी ७ वर्षीया छोरी शर्मिला थापा मगर माडी नदीमा बगेर वेपत्ता भएका थिए ।

उनीहरुको बुधवार शव भेटिएको जिल्ला प्रहरी कार्यालय प्युठानले जानकारी दिएको छ ।उनीहरु मध्ये एक जनाको प्युठानमा र अर्का एक बालिकाको दाङ प्युठानको सिमाना राप्ती नदी किनारमा शव भेटिएको जिल्ला प्रहरी कार्यालय प्युठानले जानकारी दिएको छ । पौडी खेल्ने क्रममा उनीहरु बगेपछि खोजी कार्य भईरहेको थियो ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्