टोकियो ओलम्पिकः२३ वर्ष मुनिको पुरुष फुटबलमा मेक्सिकोद्वारा फ्रान्स पराजित – Kanika Khabar
Friday, March 29Nepali News Portal

टोकियो ओलम्पिकः२३ वर्ष मुनिको पुरुष फुटबलमा मेक्सिकोद्वारा फ्रान्स पराजित

    मा प्रकाशित

टोकियो ओलम्पिक अन्तर्गत २३वर्ष मुनिको पुरुष फुटबलमा मेक्सिकोले फ्रान्सलाई पराजित गरेको छ । आज भएको खेलमा मेक्सिकोले फ्रान्सलाई ४–१ गोल अन्तरले पराजित गरेको हो ।

समूह ‘ए’ मा रहेको मेक्सिकोलाई जित दिलाउन एर्नेस्टो भेगा, फ्रान्सिस्को कोर्डोभा, कार्लोस अन्टुना र एड्वार्डो अग्युरेले एक एक गोल गर्नुभयो । यस्तै फ्रान्सका आन्द्रे पीएरेले एक गोल फर्काउनुभएको थियो ।

यस्तै समूह‘बी’को न्युजिल्याण्डले दक्षिण कोरियालाई १–० ले पराजित गरेको छ ।समूह‘सी’ को स्पेन र इजिप्टले गोलरहित बराबरी खेलेका छन् ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्