३२औँ गृष्मकालीन ओलम्पिक आजबाट – Kanika Khabar
Thursday, April 25Nepali News Portal

३२औँ गृष्मकालीन ओलम्पिक आजबाट

    मा प्रकाशित

३२ औँ गृष्मकालीन ओलम्पिक खेलकुद आजबाट जापानमा सुरु हुँदैछ । जापानको राजधानी टोकियोमा आयोजना हुने एक कार्यक्रमका बीच ’टोकियो ओलम्पिक’ औपचारिक रुपमा सुरु हुनेछ । ओलम्पिकको उद्घाटन समारोह नेपाली समय अनुसार अपरान्ह ४ः४५ बजेबाट सुरु हुनेछ। उद्घाटन समारोहमा खेलाडीको मार्च पास सहित विभिन्न कार्यक्रमहरु हुनेछन् ।

टोकियो ओलम्पिकमा सहभागिता जनाउन विश्वभरका खेलाडी, प्रशिक्षक र अफिसियलहरु जापान पुगिसकेका छन् । नेपालबाट खेलाडीसहित २३ सदस्सीय टोली टोकियो पुगिसकेका छन् । ओलम्पिक अन्र्तगत नेपालका जुडो खेलाडी सोनिया भट्टले रसियाकी खेलाडी डोल्गोभा इरिनासँग प्रतिस्पर्धा गर्ने पक्का भएको छ ।हिजो सार्वजनिक भएको खेल तालिकाअनुसार जुडो खेलाडी भट्टले प्रारम्भिक चरणमा इरिनासँग खेल्ने पक्का भएको हो ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्