यसपालिकाे तीजमा प्रीतिले राेजिन् सागरलाई (भिडियोसहित) – Kanika Khabar
Thursday, March 28Nepali News Portal

यसपालिकाे तीजमा प्रीतिले राेजिन् सागरलाई (भिडियोसहित)

    मा प्रकाशित

साउन ८, दाङ ।
नेपाली लाेक तथा लाेक पप संगीतमा चर्चा बटुल्दै आएकी प्रीति आलेले यसपालिकाे तीजमा जाेडी फेरेकी छिन् ।

आज शुक्रबार सार्वजनिक भएकाे ब्याटल तीज गीतमा गायिका तथा माेडेल आलेले पछिल्लो चरणमा नेपाली संगीतमा जम्दै आएका माेडेल सागर भण्डारीलाई राेजेकी छिन् ।

`नाटकै भाछ नि तीजमा´ बाेलकाे गीतमा सागर र प्रीतिकाे जाेडी भने मजाले जमेकाे छ । पछिल्लो चरणमा म्युजिक भिडियोमा राेजाइमा पर्दै आएका सागर यसपालि भने प्रीतिकाे जाेडीकाे लागि राेजाइमा परेका हुन् ।

ब्याटलमा तीज गीत लिएर आएकी प्रीतिकाे गीतमा सागर भण्डारी र बिना रावतकाे अभिनय रहेकाे छ ।

प्रीति आले र महेश पाण्डेकाे स्वरमा रहेकाे गीतमा महेश पाण्डेकाे नै शब्द र कम्पाेज रहेकाे छ ।

 

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्