महामहिम श्री ५ बडामहाराजधिराजबाट हामीलाई आम माफी भएछ : नेता नेपाल – Kanika Khabar
Thursday, April 25Nepali News Portal

महामहिम श्री ५ बडामहाराजधिराजबाट हामीलाई आम माफी भएछ : नेता नेपाल

    मा प्रकाशित

साउन ८, दाङ ।
नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई महामहिम श्री ५ बडामहाराजधिराजको संज्ञा दिएका छन् ।

आज शुक्रबार राजधानीमा आयोजित कार्यक्रममा नेता नेपालले कटाक्ष गरे , ‘हिजो महामहिम श्री ५ बडामहाराजधिराजबाट अभिव्यक्ति आयो, माधव नेपाल लगायतका माननीय सदस्यहरुमाथि जति पनि स्पष्टीकरण सोधिएको छ, उनीहरुलाई आममाफी दिइन्छ । यस्तो अभिव्यक्तिले हामी गदगद् भयौं ।’

‘महाराजधिराज खुसी हुनु भएको छ । हामीलाई आममाफी मिलेछ । नाच्नु पर्ने भयो, खुसी हुनुपर्ने भयो । यही हो पद्धति ? यसलाई कम्युनिस्ट पद्धति भनिन्छ ? ’ नेता नेपालले थप व्यङ्ग्य गरे ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्