कोरोना अपडेट : पछिल्लो २४ घण्टामा दाङमा थप १६ जनामा कोरोना पुष्टि, देशभर थप ३११४ जनामा कोरोना पुष्टि – Kanika Khabar
Friday, April 19Nepali News Portal

कोरोना अपडेट : पछिल्लो २४ घण्टामा दाङमा थप १६ जनामा कोरोना पुष्टि, देशभर थप ३११४ जनामा कोरोना पुष्टि

    मा प्रकाशित

९ असार, दाङ ।
दाङमा आज थप १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा ६० जनामा गरिएको पिसिआर परिक्षणमा १० पुरुष र ६ महिलामा कोरोना संक्रमण पुष्टि भएको हो ।

संक्रमित हुनेहरुमा घोराहीका १३, तुलसीपुरका २ र लमहीका एक जना रहेको जिल्ला आपतकालिन कार्य सञ्चालन केन्द्रले जनाएको छ । यो सहित दाङमा अहिले सकृय बिरामीको संख्या १ सय ३३ पुगेको छ । ती मध्य १ सय ९ जना घरमा, अक्सिजन सहितको उपचारमा १६ जना र आईसियूमा ८ जना रहेको केन्द्रले जनाएको छ ।

आज दाङका ३ जना मात्रै कोरोना मुक्त भएका छन् । बैशाख यता कोरोना संक्रमित हुनेको संख्या ८ हजार ३ सय ६० जना रहेको छ भने ८ हजार १९ जना निको भएका छन् । त्यस्तै बैशाख यता २ सय ८ जनाको कोरोना संक्रमणका कारण मृत्युभएको केन्द्रले जनाएको छ ।

नेपालमा पछिल्लो २४ घण्टामा ३ हजार १ सय १४ जनामा सङ्क्रमण पुष्टि

नेपालमा पछिल्लो २४ घण्टामा थप ३ हजार १ सय १४ जनामा सङ्क्रमण पुष्टि भएको छ । १४ हजार ९१० जनाको कोरोना परीक्षण गर्दा पीसीआर विधिबाट २३ सय ९ र एन्टिजेन विधिबाट ८ सय ५ जनामा सङ्क्रमण पुष्टि भएको हो । नेपालमा हालसम्म पीसीआर विधिबाट ६ लाख ७९ हजार १७ जना र एन्टिजेन विधिबाट ५४ हजार २४३ जनामा सङ्क्रमण पुष्टि भइसकेको छ ।हाल नेपालमा २५ हजार ८६ जना होम आइसोलेसन, २ हजार ६७१ जना संस्थागत आइसोलेसन, ६५० जना आईसीयू र १६५ जना भेन्टिलेटरमा उपचाररत छन् ।

आज थप २ हजार १९७ जना सङ्क्रमणमुक्त भएका छन् । हालसम्म कूल सङ्क्रमितमध्ये ७ लाख ४१ हजार ५६५ जना सङ्क्रमणमुक्त भइसकेका छन् ।नेपालमा निको हुने दर ९४ दशमलब ५ प्रतिशत रहेको छ । त्यस्तै, कोभिड–१९ को सङ्क्रमणबाट आज थप १६ जनाको मृत्यु भएको छ । नेपालमा कोभिड–१९ बाट ज्यान गुमाउनेको सङ्ख्या ९ हजार ६९५ रहेको छ । नेपालमा यसबाट मृत्यु दर १ दशमलब ५ प्रतिशत रहेको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्