आयरल्यान्डसँगको टी–ट्वान्टी श्रृङ्खलामा दक्षिण अफ्रिकाको ‘क्लिन स्वीप’ – Kanika Khabar
Friday, March 29Nepali News Portal

आयरल्यान्डसँगको टी–ट्वान्टी श्रृङ्खलामा दक्षिण अफ्रिकाको ‘क्लिन स्वीप’

    मा प्रकाशित

दक्षिण अफ्रिकाले घरेलु टोली आयरल्यान्डसँगको तीन खेलको टी–ट्वान्टी क्रिकेट श्रृङ्खलामा ‘क्लिन स्वीप’ गरेको छ ।

डुब्लिनमा गएराति भएको तेस्रो तथा अन्तिम टी–ट्वान्टीमा ४९ रनको जित निकाल्दै दक्षिण अफ्रिकाले श्रृङ्खला ३–० ले जितेको हो । दक्षिण अफ्रिकाले दिएको १ सय ९० रनको लक्ष्य पछ्याएको आयरल्यान्डले २० ओभरमा ९ विकेट गुमाएर १ सय ४० रन मात्रै बनाउन सक्यो ।

आयरल्यान्डका कप्तान एन्डी बलब्रिनीले सर्वाधिक २७ रन बनाए । दक्षिण अफ्रिकाका जर्ज लिन्डे, लिजाड विलियम्स र मुल्डेरले २/२ विकेट लिए । पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिकाले २० ओभरमा २ विकेट गुमाएर १ सय ८९ रन बनाएको थियो ।

दक्षिण अफ्रिकाका लागि कप्तान टेम्बा बाभुमाले ७२ रन र रिजा हेन्ड्रिक्सले ६९ रनको अर्धशतकीय पारी खेले । डेभिड मिलरले अविजित रहँदै ३६ रन जोडे । आयरल्यान्डका सिमी सिंह र बारी म्याककार्थीले १/१ विकेट लिए । पहिलो खेलमा दक्षिण अफ्रिका ३३ र दोस्रो खेलमा ४२ रनले रनले विजयी भएको थियो ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्