डक्टरका कुरा : गर्दन दुख्दा गर्नुपर्ने ४ मुख्य व्यायामहरु – Kanika Khabar
Tuesday, April 23Nepali News Portal

डक्टरका कुरा : गर्दन दुख्दा गर्नुपर्ने ४ मुख्य व्यायामहरु

    मा प्रकाशित

डा. हेमराज काेइराला

साउन १०, दाङ ।

व्यस्तता, भागदौड र तनावग्रस्त जीवन जिउने जो कोही पनि आज गर्दन दुख्ने समस्याले ग्रस्त छन् । गर्दन दुखाइ हड्डी खिएर, नसा च्यापिएर, कार्टिलेज र मांसपेशीको दुर्वलताको कारणले हुने गर्दछ । यस्तो अवस्थामा गर्दनका मांसपेसीलाई बलियो बनाउन निम्न व्यायामहरु गर्नुपर्ने हुन्छ।

यो व्यायाम उभिरहेको, बसिरहेको वा उत्तनो पारेर सुतेको बेलामा पनि गर्न सकिन्छ तर बसेको अवस्थामा गर्दा बढ़ी प्रभावकारी हुन्छ ।

व्यायाम-१

दुवै हातले अगाडी र टाउकोले पछाडि ठेल्ने : ढाड कमर गर्दनलाई सीधा राखेर बस्नुहोस । अब दुबै हातका औलाहरू कैची पारेर हत्केलालाई टाउकोको पछाडिपट्टी राख्नुहोस् । हात राखेपछि हातले टाउकोलाई अगाडि र टाउकोले हातलाई पछाडि पट्टी धकेल्नुस् र २० सेकेण् सम्म रोकेर राख्नुहोस् ।

व्यायाम- २

दुबै हातले पछाडि र टाउकोले अगाडितिर ठेल्ने : ढाड कम्मर दर्दं सीधा राखेर बस्नुहोस् । अब दुबै हातलाई जोडेर हत्केलालाई निधारमा राख्नुहोस् । हात राखेपछि हातले टाउकोलाई पछाडि र टाउकोले हातलाई अगाडि पट्टी धकेल्नुस् र २० सेकेण्डसम्म रोकेर राख्नुहोस् ।

व्यायाम- ३

देब्र हातले दाहिनेतिर र टाउकोले देब्रेतिर ठेल्ने : पूर्ववत अवस्थामै बस्नुहोस् र देब्रे हातलाई उठाएर देब्रे कन्चटमा राख्नुहोस् । अब देब्रे हातले दाहिनेतिर ठेल्नुस् र टाउकोले देब्रेतिर ठेल्नुहोस् र २० सेकेण् सम्म रोकेर राख्नुहोस् ।

व्यायाम- ४

दाहिने हातले देब्रेतिर र टाउकोले दाहिनेतिर ठेल्ने : पूर्ववत अवस्थामै बस्नुहोस् र दाहिने हातलाई उठाएर दाहिने कन्चटमा राख्नुहोस् । अब दाहिने हातले देब्रेतिर ठेल्नुहोस् र टाउकोले दाहिनेतिर ठेल्नुहोस् र २० सेकेण्डसम्म रोकेर राख्नुहोस् ।

यी सबै व्यायामलाई पाँच पटक दोहराउनूहोस् ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्