आज चीनबाट कोरोनाविरुद्धको १० लाख मात्रा भेरोसेल खोप नेपालमा आइपुग्दै – Kanika Khabar
Thursday, March 28Nepali News Portal

आज चीनबाट कोरोनाविरुद्धको १० लाख मात्रा भेरोसेल खोप नेपालमा आइपुग्दै

    मा प्रकाशित

साउन १०, दाङ ।
चीनसँग नेपालले सरकारीस्तरमा खरिद गरेको ४० लाख मध्ये १० लाखभन्दा धेरै मात्रा कोरोनाविरुद्धको खोप आज काठमाडौँ आइपुग्दैछ । खोप लिनका लागि गएराति बेइजिङ गएको नेपाल वायुसेवा निगमको जहाज दिउँसो २ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने त्रिभुवन विमानस्थल कार्यालयले जानकारी दिएको छ ।

निगमका महाप्रबन्धक डिमप्रकाश पौडेलका अनुसार ४० लाख मध्ये आज अन्तिम खेप ल्याउन लागिएको हो ।निगमले जम्मा खोप ल्याउन काठमाडौँबाट बेजिङका लागि योसहित चारवटा उडान गरेको छ । सरकारले प्राप्त खोपलाई अग्रभागमा खटिने कर्मचारी, ५० वर्षमाथिका नागरिक र आवश्यकताका आधारमा वितरण गर्ने जनाएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्