वर्षाका कारण भारतको महाराष्ट्रमा मृत्यु हुनेको संख्या १ सय ३६ पुग्यो – Kanika Khabar
Wednesday, April 24Nepali News Portal

वर्षाका कारण भारतको महाराष्ट्रमा मृत्यु हुनेको संख्या १ सय ३६ पुग्यो

    मा प्रकाशित

साउन १०, दाङ ।
भारतको महाराष्ट्रमा लगातारको वर्षाका कारण आएको बाढी, डुबान र भू स्खलनमा परि मृत्यु हुनेको संख्या १ सय ३६ पुगेको छ । महाराष्ट्रमा मात्रै लाखौं मानिस प्रभावित भएका छन् भने गोवामा सैयौंको संख्यामा घरहरु क्षतिग्रस्त भएको भारतीय सञ्चार माध्यमहरुले लेखेका छन् ।

सरकारले समुद्री सतह नजिक रहेका बस्तीका मानिसहरुलाई सुरक्षित स्थानमा जान र सतर्क रहन आग्रह गरेको छ । बीबीसीले लेखे अनुसार गोवा र महाराष्ट्रमा लगातारको वर्षाका कारण मानिसहरुको जनजीवन प्रभावित बनेको छ । बाढी र डुबानमा परि बेपत्ता भएकाहरुको खोजी जारी रहेको छ भने उद्दार र राहतको काम पनि भइरहेको बताइएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्