टोकियो ओलम्पिकमा चीनलाई ३ स्वर्ण – Kanika Khabar
Thursday, March 28Nepali News Portal

टोकियो ओलम्पिकमा चीनलाई ३ स्वर्ण

    मा प्रकाशित

३२ औं गृष्मकालीन ओलम्पिक खेलकुदमा चीन ३ स्वर्ण पदकसहित अग्रस्थानमा छ । जापानमा जारी टोकियो ओलम्पिकको दोस्रो दिनसम्म ११ स्वर्ण पदकको छिनोफानो भएको छ । जसमा ९ राष्ट्रले स्वर्ण जितेका छन् ।

टोकियो ओलम्पिकको दोस्रो दिन २८ राष्ट्रले पदक जित्दा पदक तालिकामा चीनले अग्रता बनाएको छ । चीनले हिजो ३ स्वर्ण र १ कास्य पदक सहित कुल ४ पदक जितेको छ । यस्तै इटली १ स्वर्ण र १ रजत सहित कुल २ पदक जित्दै दोस्रो स्थानमा रहेको छ भने आयोजक जापान १ स्वर्ण र १ रजतसहित २ पदक जितेर तेस्रो स्थानमा रहेको छ । ओलम्पिकको दोस्रो दिन १ स्वर्ण जित्ने अन्य राष्ट्रमा दक्षिण कोरिया, इक्वेडर, हंगेरी, इरान, कोसोभो र थाइल्याण्ड रहेका छन् ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्