१० साउन,दाङ /
दाङमा जरायोको सिङ सहित ३ जना पक्राउ परेका छन् । गएराती १ बजेतिर तुलसीपुर उपमहानगरपालिका ८ बाट जरायोको सिङ दुई थान सहित तीन जनालाई पक्राउ गरेको प्रहरी बताएको छ ।
जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता एवं डिएसपि मुकुन्द प्रसाद रिजालका अनुसार पक्राउ पर्नेमा सल्यान शारदा नगरपालिका ४ निवासी २२ वर्षिय विनोद वली, बबई हापुरे निवासी २२ वर्षिय विनोद डाँगी र एम्बुलेन्स चालक हापुरेका अन्दाजी ४० वर्षिय इन्द्र बहादुर केसी रहेका छन् । पक्राउ परेका विरुद्ध थप अनुसन्धान भैरहेको प्रहरीले बताएको छ ।