चरणको अभाव हुँदा जंगलमा भेडिगोठ बनाउनुपर्ने बाध्यता – Kanika Khabar
Thursday, March 28Nepali News Portal

चरणको अभाव हुँदा जंगलमा भेडिगोठ बनाउनुपर्ने बाध्यता

    मा प्रकाशित

गीता गौतम
साउन १३, प्यूठान ।

तीन तहका सरकारले कृषिमा आधुनिक प्रविधि र प्रयोगको योजना ल्याएको छन् तर मुलुकका कतिपय जिल्लामा अझै परम्परागत रुपमा नै कृषिका काम भइरहेका छन् । प्यूठानको उत्तरी क्षेत्रमा अहिलेसम्म पनि जगंलमै गोठ बनाएर पशुपालन भइरहेको छ । यसबाट किसानको जिविका चले पनि व्यवसायिक लाभ हुन भने सकेको छैन ।प्यूठानको गौमुखी गाउँपालिका रजवारका भविराम घर्तिमगरले ९८ वटा भेडा पाल्नुभएको छ ।

महिना र मौसम अनुसार बिभिन्न स्थानमा भेडीगोठ बनाउने र सर्ने उहाँको नियमित जस्तै छ । गाउँमा ठूलो संख्यामा भेडा चराउने ठाउँ नहुँदा जगंलमै गोठ बनाएर पाल्नुपर्ने बाध्यता भएको उहाँले बताउनुभयो । उहाँ मात्रै होइन उत्तरी प्यूठानका स्यालीवाङ्ग, रजवारा,अर्खाका स्थानीय यसैगरी घरदेखि टाढा गोठ बनाएर पशुपालन गर्छन् । चिसो बढीहुने भएपछि बेशीतिर भेडीगोठ बनाउने गरेको रजवाराका स्थानीय केदारसिंह सेन बताउनुभयो ।

जंगलमा गोठमा रहने भेडाहरूको सुरक्षाका लागि किसानले कुकुर पनि पाल्ने गर्छन् । त्यस्ता किसानलाई समेटेर पशुपालनको योजना हालसम्म बनाइएको छैन । अब भने उनीहरूलाई १५ लाखसम्म अनुदान दिने तयारी भइरहेको गौमुखी गाउँपालिकाका अध्यक्ष विष्णुकुमार गिरिले बताउनुभयो । चरणक्षेत्रको अभावमा प्यूठान जिल्लामा जङ्गलमा गोठ बनाएर भेडाबाख्रा पालन गर्ने किसानको सङ्ख्या ३ सय १५ रहेको अनुमान गरिएको छ । कृषि तथा पशुपालन क्षेत्रमा सरकारले सेवा सुविधा, अनुदानको व्यवस्था गरे पनि वास्तविक किसानले भने जानकारी नपाउने समस्या यहाँ देखिन्छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्