आफ्नो पार्टीको लेटर प्याडको गलत प्रयोग भएको भन्दै माओवादी केन्द्रको ध्यानाकर्षण – Kanika Khabar
Thursday, March 28Nepali News Portal

आफ्नो पार्टीको लेटर प्याडको गलत प्रयोग भएको भन्दै माओवादी केन्द्रको ध्यानाकर्षण

    मा प्रकाशित

साउन १३, काठमाडौँ ।
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ले आफ्नो पार्टीको लेटर प्याड प्रयोग गरि गलत सूचना प्रवाह गरेको भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। माओवादी केन्द्रका केन्द्रीय कार्यालय सचिव श्रीराम ढकालले आज एक विज्ञप्ति जारी गर्दै क्रान्तिकारी र लोकतान्त्रिक शक्तिहरुलाई बद्नाम गर्ने कुत्सित मनसायले यस्ता क्रियाकलापहरु भइरहेको बताए छन्।

 

केही समय यता यस किसिमका प्रतिगमनकारी, पश्चगामी र पुरातनवादी तत्वहरु अत्तालिएर क्रान्तिकारी र लोकतान्त्रिक शक्तिहरुलाई बद्नाम गर्ने कुत्सित मनसायले यस्ता हर्कतहरु हुँदै आएको भन्दै माओवादीले यस किसिमका किर्ते र झुट प्रचारको भ्रममा नपर्न पार्टी पंक्ति, लोकतान्त्रिक शक्तिहरु र आम जनसमयुदायमा अनुरोध गरेको छ। माओवादी केन्द्रले यस किसिमका प्रविधिको दुरुपयोग गरी समाजमा भ्रम फैलाउने तत्वहरु माथि यथाशीघ्र अनुसन्धान गरी कडा कारबाहीको माग गरेको छ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्