टोकियो ओलम्पिकमा ३ स्वर्ण सहित जापान शिर्ष स्थानमा – Kanika Khabar
Friday, March 29Nepali News Portal

टोकियो ओलम्पिकमा ३ स्वर्ण सहित जापान शिर्ष स्थानमा

    मा प्रकाशित

जापानको राजधानी टोकियोमा जारी ओलम्पिक अन्तर्गत अहिलेसम्म कुल ९५ स्वर्ण पदकको छिनोफानो भएको छ । जसमा कुल ३५ राष्ट्रले स्वर्ण पदक जितेका छन् । हालसम्म अमेरिका र चीनलाई पछि पार्दै जापान पदक तालिकाको शीर्ष स्थानमा रहेको छ ।जापानले १३ स्वर्ण पदकसहित कुल २२ पदक जितेको छ, भने चीन १२ स्वर्णसहित कुल २७ पदक जित्दै दोस्रो स्थानमा उक्लिएको छ ।

 

तेस्रो स्थानमा झरेको अमेरिकाले ११ स्वर्णसहित कुल ३१ पदक जितेको छ । रसियन ओलम्पिक टिम ७ स्वर्णसहित कुल २३ पदक जितेर चौथो स्थानमा रहँदा अष्ट्रेलिया ६ स्वर्णसहित कुल १६ पदक जितेर पाँचौं स्थानमा रहेको छ । हिजो नेपाली पौडी खेलाडी गौरिका सिंहले हिजो प्रतिस्पर्धा गर्नुभएको थियो । उहाँले नयाँ राष्ट्रिय किर्तिमान कायम गरेपनि ओलम्पिकमा भने हिट चरणबाटै बाहिरीनुभएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्