कोरोना सङ्क्रमित हुने बालबालिकाको सङ्ख्या ५४ हजार नाघ्यो – Kanika Khabar
Thursday, March 28Nepali News Portal

कोरोना सङ्क्रमित हुने बालबालिकाको सङ्ख्या ५४ हजार नाघ्यो

    मा प्रकाशित

साउन १५, दाङ ।
बितेको डेढ वर्षमा नेपालमा कोरोना भाइरसबाट सङ्क्रमित हुने बालबालिकाको सङ्ख्या ५४ हजार नाघेको छ ।हालसम्म ५४ हजार ४ सय ६० बालबालिकामा कोरोना सङ्क्रमण देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको गुणस्तर मापन तथा नियमन महाशाखाका प्रमुख डा. मदन उपाध्यायले जानकारी दिनुभयो ।

 

पहिलो लहरमा २१ हजार ५ सय२३ जना बालबालिका सङ्क्रमित भएका थिए भने दोस्रो लहरमा ३२ हजार ९ सय ३७ बालबालिका सङ्क्रमित भएको उहाँको भनाइ छ । कोरोना महामारीको दोस्रो लहरमा२९ हजार ७ सय ७७बालबालिका कोरोनामुक्त भएका छन् । सङ्क्रमणबाट पहिलो लहरमा ३८ र दोस्रो लहरमा ४३ जना गरी कुल ८१ जना बालबालिकाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

संसदीय समितले भने कोरोनाका कारण बालबालिकामा परेको प्रभावका बारेमा अध्ययन गर्न स्वास्थ्य मन्त्रालयलाई निर्देशन दिएको छ । हिजो बसेको प्रतिनिधिसभाको महिला तथा सामाजिक समितिले कोरोनाका कारण बालबालिकामा परेको प्रभावका बारेमा अध्ययन गर्न भनेको सभापति निरुदेवी पालले सीआईएनसँग बताउनुभयो ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्