जिल्ला प्रशासन कार्यालय दाङको अल्टिमेटम आज सकिदै :अतिक्रमित सडकपेटी आज खाली नगरे सम्पूर्ण बस्तु जफत, भोलिदेखि कार्वाही प्रक्रिया अगाडि बढाइने – Kanika Khabar
Thursday, March 28Nepali News Portal

जिल्ला प्रशासन कार्यालय दाङको अल्टिमेटम आज सकिदै :अतिक्रमित सडकपेटी आज खाली नगरे सम्पूर्ण बस्तु जफत, भोलिदेखि कार्वाही प्रक्रिया अगाडि बढाइने

    मा प्रकाशित

शिवु खनाल
दाङ, १५ साउन
दाङको लमहीमा अतिक्रमित सडकपेटी खाली गर्ने सबै व्यापारीलाई दिइएको अल्टिमेटम आज सकिदँै छ । जिल्ला प्रशासन कार्यालय दाङले पूर्वपश्चिम महेन्द्र राजमार्ग अन्तरगत लमहीमा कानुन विपरित सडकपेटीमा पसल संचालन गर्ने सबै व्यापारीहरुलाई शुक्रवारसम्म सडकपेटी खाली गर्न निर्देशन गरेको हो, उक्त अल्टिमेटम आज सकिदैँ छ । गत मंगलवार जिल्ला प्रशासन कार्यालय दाङको नेतृत्यवमा घरेलु तथा साना उद्योग कार्यालय दाङ, ईलाका प्रशासन कार्यालय लमही, वडा प्रहरी कार्यालय लमही, देउखुरी उद्योग बाणिज्य संघ लमही, र लमही नगरपालिकाले संयुक्तरुपमा गरेको निरिक्षण एवम् अनुगमनको गर्दै राजमार्ग क्षेत्रमा सडकपेटी अतिक्रमण गरि पसल संचालन गर्ने, मोटरसाइकल ग्यारेज संचालन गर्ने, विभिन्न किसिमका निर्माण तथा व्यवसायिक सामग्री थुपार्ने कार्य गरेका स्थानीय व्यापारीहरुलाई बुधवार देखि तिनदिन भित्र सडकपेटी खाली गर्ने निर्देशन दिइएको हो ।
लमहीका स्थानीय व्यापारीहरुलाई दिएको अल्टिमेटम आज शुक्रवार सकिदैँ छ । अतिक्रमित सडकपेटीमा राखिएका विभिन्न बस्तुहरु नहटाइएमा भोली शनिवार देखि धमाधम सम्पूर्ण बस्तु कानुन बमोजिम जफत गरिने र कार्वाहीको प्रक्रिया अगाडि बढाइने दाङका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङ्ले बताउनुभयो । जिल्ला प्रशासन कार्यालय दाङले दिएको अल्टिमेटम सकियो । अतिक्रमित सडकपेटीमा राखिएका विभिन्न बस्तुहरु नहटाइएमा कानुन बमोजिम कार्वाही गर्नेछाँै, प्रमुख जिल्ला अधिकारी कुरुम्वाङ्ले भन्नुभयो । ‘बजार क्षेत्रलाई सफा, सुन्दर बनाउन सडकपेटीको अतिक्रमण हटाउन सुरक्षाकर्मीसमेत परिचालन गरि एक्साभेटर प्रयोग गरिने छ ।’
सडकपेटी अतिक्रमणले बजार क्षेत्रका सडकमा सर्वसाधारणलाई हिँडडुल गर्नसमेत अप्ठ्यारो हुने गरेको गुनासो आएपछि अतिक्रमित सडकपेटीलाई खाली गराउन सुरु गरिएको इलाका प्रशासन कार्यालय लमहीका प्रमुख प्रेम खवासले बताउनुभयो ।
गत मंगलवार अनुगमनको क्रममा लमहीको राजमार्ग क्षेत्रमा प्रायः विभिन्न क्षेत्रमा सडकपेटी अतिक्रम गरि विभिन्न पसल संचालन गरेको पाइएको थियो । जथाभावी पार्किङ र फुटपाथ व्यापारीका ठेलाले बजारको स्वरुप कुरुप बन्दै गएको घरेलु तथा साना उद्योग कार्यालय दाङका अधिकृत माधव तिमल्सिनाले बताउनुभयो । लमही नगरपालिका बजार क्षेत्रका सडकपेटी अतिक्रम गरी स्थानीयहरूले व्यवसायी संचालन गर्न थालेपछि पैदल यात्रुहरू जोखिममा परेका छन् । बजारका मुख्य चोकमा रहेको सडकपेटीमा पसल संचालन गर्ने, मोटरसाइकल ग्यारेज संचालन गर्ने, विभिन्न किसिमका निर्माण तथा व्यवसायिक सामग्री थुपार्ने कार्य गरेर स्थानीयले सडकपेटी अतिक्रम गरेको पाइयो, अधिकृत तिमिल्सनाले भन्नुभयो,—। ‘पैदल यात्रुको लागि निर्माण गरिएको सकडपेटी अतिक्रम भएपछि पैदल यात्रु भने मुल सडकबाट यात्रा गर्न बाध्य छन् ।’
विगत लामो समयदेखि नगरपालिकामा जनप्रतिनिधिहरू निर्वाचित भइ आएदेखि नै बजार क्षेत्रका सडकपेटी आधाभन्दा बढी भाग अतिक्रमण गरी व्यपारीले पसलसमेत राख्दै आएका थिए । पैदल यात्रुको लागि निर्माण गरिएको सकडपेटी अतिक्रम भएपछि पैदल यात्रु भने मुल सडकबाट यात्रा गर्न बाध्य छन् । व्यक्तिगत फाईदाको लागि बजारको स्वरूप बिग्रिने गरी सार्वजनिक सडकपेटी अतिक्रम गर्दा पनि लमही नगरपालिकाले बजार व्यवस्थापनमा कुनै चासो नदेखाएपछि जिल्ला प्रशासन कार्यालय दाङको नेतृत्वमा टोलीले गत मंगलवार स्थलगत निरिक्षण एवम् अनुगमन गर्दै अतिक्रमित सडकपेटी खाली गर्ने निर्देशन दिएको हो ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्