बाल विवाहबिरुद्ध सरोकारवालाको प्रतिवद्धता – Kanika Khabar
Thursday, April 25Nepali News Portal

बाल विवाहबिरुद्ध सरोकारवालाको प्रतिवद्धता

    मा प्रकाशित

साउन १५, दाङ ।
धर्म गुरु , बाल अभियान्ता, सरकार तथा सरोकारवालाले बालविवाह अन्त्यका लागि हातेमालो गरेर अगाडी बढ्ने प्रतिवद्धता व्यक्त गरेका छन् । आज सामुदायिक सुचना नेटवर्क सीआईएनले आयोजना गरेको कार्यक्रममा बोल्ने वक्ताहरुले बाल विवाह अन्त्यका लागि प्रतिवद्ध भएर लाग्ने बताएका हुन् ।

कार्यक्रममा सुदुरपश्चिम प्रदेशका सामाजिक बिकास मन्त्री लालबहादुर खड्काले वालविवाह अन्त्य गर्नको लागि सरकार प्रतिवद्ध रहेको बताउनुभएको छ । सुदुरपश्चिम प्रदेश सरकारले बालविवाह अन्त्यको लागि सानै छु बढ्न देउ, बालविवाह होइन पढ्न देउ जस्ता नारा सहित काम गरिरहेको उहाँले बताउनुभयो ।

स्थानीय सरकारसंग मिलेर पनि बालविवाह बिरुद्धको अभियान चलाउने प्रतिवद्धता उहाँले व्यक्त गर्नुभयो । महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयका सचिब यम कुमारी खतिवडाले बालविवाह गर्न नपाउने स्पष्ट व्यवस्था भएकाले बालविवाह दण्डनिय रहेको बताउनुभयो । मन्त्रालय बालविवाह न्युनिकरणको लागि प्रतिवद्ध रहेको भन्दै उहाँले स्थानीय तहबाटै यसको अग्रसरता हुनुपर्ने धारणा राख्नुभयो । प्रदेश २, कर्णाली र सुदुरपश्चिम प्रदेशमा अझै पनि धेरै नै बालविवाह कायमै रहेको भन्दै उहाँले यसलाइ घटाउनुपर्ने बताउनुभयो । सरकारले २०३० भित्रमा पूर्ण रुपमा वालविवाह अन्त्य गर्ने प्रतिवद्धता गरेको तथा १५ औ योजनाले पनि बालविवाह पूर्ण रुपमा निर्मूल गर्ने भनेकाले बालविवाह अन्त्यका लागि सबैले हातेमालो गर्नुपर्ने धारणा राख्नुभयो ।

यस्तै समाज कल्याण परिषदका सदस्य नानीमाया थापाले परिषदले बालविवाह बिरुद्ध कार्य समुह बनाएर काम गरिरहेको बताउनुभयो । बालविवाह बिरुद्ध काम गरिहेका सस्थाहरुका बीचमा कार्यसमुह बनाएर अभियान चलाइरहेको उहाँले बताउनुभयो । दीगो बिकास लक्ष्य , नीति तथा कार्यक्रमले पनि बालविवाह अन्त्यको रणनिति बनाएकाले परिषदले पनि सोही अनुसार काम गरिरहेको बताउनुभयो । निरनका सचिब इसुजंग कार्कीले धर्म गुरुले बालविवाह अन्त्यका लागि महत्वपूर्ण भूमिका खेल्न सक्ने बताउनुभयो । बिशेष गरि मागी विवाह गर्नेहरुमा बाल विवाहको असरहरुका बारेमा संझाएर धर्म गुरुहरुले रोक्न सक्ने उहाँले बताउनुभयो । मुस्लिम आयोगका अध्यक्ष समिम मिया अन्सारीले बालविवाह सहित अन्य परम्परागत गलत अभ्यासहरु अन्त्यका लागि आयोग गम्भिर भएर लागेको बताउनुभयो । आ – आफ्नो ठाउँबाट सामाजिक अभियान्ताहरुले यसको लागि गम्भिर हुनुपर्ने भन्दै उहाँले सबैभन्दा पहिले आफु र आफ्नो परिवारबाटै बालविवाहको अन्त्य गर्नुपर्ने बताउनुभयो । मधेसी आयोगका अध्यक्ष विजय दत्तले अति बिपन्न समुदायमा धेरै वालविवाह हुने गरेको भन्दै गरिबि र शिक्षाको स्थिति कम हुँदै जाँदा बालविवाह पनि कम हुँदै जाने बताउनुभयो । बालविवाह अन्त्यका लागि जनप्रतिनिधि, अभियान्ता,सरकार सबै मिलेर मात्रै संभव हुने बताउनुभयो ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्