बढ्दै छ कोरोना भाइरसको सङ्क्रमण ग्राफ – Kanika Khabar
Friday, April 19Nepali News Portal

बढ्दै छ कोरोना भाइरसको सङ्क्रमण ग्राफ

    मा प्रकाशित

साउन १५, दाङ ।
विश्वभरि कोरोना भाइरसबाट सङ्क्रमित हुनेको सङ्ख्या फेरि बढ्दै गएको छ । अघिल्लो हप्ताको तुलनामा यो हप्ता कोरोना सङ्क्रमित हुनेको दर ८ प्रतिशत वृद्धि भएको छ । हाल सम्म विश्वभरि १९ करोड ७५ लाख २३ हजार मानिसमा कोरोनाको सङ्क्रमण पुष्टि भएको छ । हाल सम्म कोरोना सङ्क्रमण देखिएको मध्य १७ करोड ८६ लाख ४६ हजार मानिस उपचार पछि निको भएका छन् ।

कोरोनाका कारण विश्वभरि नै ४२ लाख १८ हजार मानिसको मृत्यु भएको छ । कोरोनाको कारण सबैभन्दा धेरै अमेरिकामा ६ लाख २८ हजार मानिसहरुको मृत्यु भएको छ । यस्तै गरि ब्राजिलमा ५ लाख ५४ हजार मानिसको मृत्यु भएको छ भने भारतमा ४ लाख २३ हजार मानिसहरुको मृत्यु भएको छ ।

यसैबीच, विश्व स्वास्थ्य संगठन डब्लुएचओले विश्वका १३२ देशमा कोरोना भाइरसको डेल्टा भेरियन्ट फैलिएको पनि जानकारी दिएको छ । त्यसैगरी अल्फा भेरियन्ट १८२ देशमा, बेटा भेरियन्ट १३१ देशमा र गाम्मा भेरियन्ट ८१ देशमा पुगेको डब्लुएचओले जनाएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्