जिल्ला खेलकुद गर्‍यो लुम्बिनी प्रदेश खेलकुद परिषद सदस्य लाई स्वागत – Kanika Khabar
Thursday, April 25Nepali News Portal

जिल्ला खेलकुद गर्‍यो लुम्बिनी प्रदेश खेलकुद परिषद सदस्य लाई स्वागत

    मा प्रकाशित

लक्ष्मण बस्नेत
१५ साउन दाङ ।
जिल्ला खेलकुद बिकास समिति दाङ ले आज शुक्रबार लुम्बिनी प्रदेश खेलकुद परिषद सदस्य भोज राज वलि र नरेन्द्र पुन लाई स्वागत तथा सम्मान गरेको छ ।
समितिले भर्खरै दाङ जिल्लाबाट लुम्बिनी प्रदेश खेलकुद परिषद सदस्यमा मनोनित भई कार्यभार समाल्नु भएका वली र पुन लाई स्वागत तथा सम्मान गरेको हो ।
जिल्ला खेलकुद बिकास समितिका कार्यालय प्रमुख तथा एथलेटिक्स प्रशिक्षक पद्मा चौधरी को अध्यक्षतामा भएको कार्यक्रममा कार्यालय प्रमुख चौधरी लगाएत कर्मचारीले अबिर तथा खादा ओढाएर स्वागत तथा सम्मान गर्नु भएको थियो १ कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेश परिषद सदस्य द्वय वलि र पुन ले सिङ्गो प्रदेशसंगै जिल्लामा खेलकुद को बिकासका लागि आफुहरु लागि पर्ने बताउनु भएको छ ।

No description available.
जिल्लाका तर्फ बाट प्रदेश खेलकुदमा प्रतिनिधित्व गर्ने अवसर पाएका छौ, सिङ्गो प्रदेश संगै दाङ खेलकुदको बिकास लाई त्यतिकै महत्त्व का साथ चुरुस्त दुरुस्त बनाउने अभियानमा आफुहरु जुट्ने प्रतिबद्धता समेत व्यक्त गर्नु भयो १ कार्यक्रमको संचालन तेक्वान्दोका सहायक प्रशिक्षक भिम लाल बिश्वकर्मा ले गर्नु भएको थियो १ यसैविच सोही अवसरमा लुम्बिनी प्रदेश खेलकुद परिषद सदस्य द्वय भोज राज वलि र नरेन्द्र पुन ले लगाएत कर्मचारी को एक टोलि ले जिल्ला खेलकुद विकास समितिको मातहतमा बेल्झुण्डीमा निर्मित रंगशाालाको स्थलगत अनुगमन निरिक्षण गर्नु का साथै विभिन्न प्रजातिका पुस्प रोपन समेत गरेको थियो ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्