लुम्बिनी प्रदेशका गुल्मी, कपिलवस्तु, प्यूठान जिल्ला कोरोना सङ्क्रमणको ‘रेड जोन’ – Kanika Khabar
Wednesday, April 24Nepali News Portal

लुम्बिनी प्रदेशका गुल्मी, कपिलवस्तु, प्यूठान जिल्ला कोरोना सङ्क्रमणको ‘रेड जोन’

    मा प्रकाशित

१५ साउन, दाङ ।

लुम्बिनी प्रदेशका पाँच जिल्ला ‘रेड जोन’ मा परेका छन । नागरिकको लापरबाहीले कोरोना संक्रमण दर उच्च रूपमा वृद्धि भएको छ । लुम्बिनी प्रदेशका अर्घाखाँची र पाल्पामा संक्रमित अत्याधिक बढेका छन् । यी दुईसंगै गुल्मी, कपिलवस्तु, प्यूठान रेड जोनमा छन् । यहाँ लकडाउन गर्न सकिने मापदण्डभन्दा माथि संक्रमण भएको छ ।

तराईसंग सिमाना जोडिएकोले आवत जावतमा बढी, भारतबाट आउने सिधै गाउँमा, क्वारेन्टाइन बस्ने प्रवृत्ति नहुँदा संक्रमण फैलिएको जिल्ला स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ । पाल्पामा अझैपनि संक्रमितको दर ३० देखि ३५ प्रतिशत रहेको छ ।

त्यस्तै अर्घाखाँचीमा संक्रिय संक्रमित पाँच सयभन्दा माथि छ । असार ३० गते सक्रिय संक्रमित १ सय ८९ जना मात्रै थिए । १३ दिनको अवधिमै सवा तीन सय संक्रमित थपिएका हुन् । अस्पतालका बेड भरिएका छन् । साताअघिसम्म ६ जनामात्रै बिरामी रहेको अर्घाखाँची अस्पतालमा अहिले २६ जना भर्ना भएको अस्पतालका प्रमुख डा. कपिल गौतमले जानकारी दिनुुभयो ।

प्यूठानमा बुधबारसम्म संक्रिय संक्रमित दुई सय नौ जना छन् । उनीहरूमध्ये तीन जना गम्भीर प्रकृतिका बिरामीहरूको प्यूठान अस्पतालमा रहेको आइसोलेसनमा उपचार भइरहेको छ । कोरोनाकै कारण अहिलेसम्म ६७ जनाको मृत्यु भइसकेको स्वास्थ्य कार्यालय प्यूठानका कोरोना फोकल पर्सन एवं जनस्वास्थ्य अधिकृत पुस्कल श्रेष्ठले जानकारी दिनुुभयो ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्