पर्यटकको आकर्षण गन्तव्य बन्दै ‘कुलपानी हरित पार्क’ – Kanika Khabar
Saturday, April 20Nepali News Portal

पर्यटकको आकर्षण गन्तव्य बन्दै ‘कुलपानी हरित पार्क’

    मा प्रकाशित

शिवु खनाल
दाङ, १६ साउन ।
दाङको गढवा गाउँपालिका वडा नम्बर १ बडाहरा गाउँमा रहेको कुलपानी हरित पार्क यतिखेर पर्यटकको आकर्षक गन्तव्यको रुपमा विकास हुदै गएको छ । पार्कको प्रवेशव्दारमा हालै निर्माण गरिएको बाघ, जरायो, मयुरले पार्कको सुन्दरता थप बढाएको हो । त्यसैगरी निर्माणधिन काठको भ्युटावर यसक्षेत्रको सबैभन्दा आकर्षक स्थान हो । पछिल्लो समय दैनिक पर्यटकको चहलपहल बढ्दै गएको छ । भ्युटावरबाट यसक्षेत्रको लगायत आसपासको दृश्यावलोकन गर्न सकिने छ । बिदामा घुम्ने उपयुक्त गन्तव्यको रुपमा विकास भएको र सम्पन्न नहुदैँ टावरबाट दृश्यावलोकन गर्न टाढाटाढाका मानिसहरु आउने गरेको गढवा गाउँपालिका वडा नम्बर १ का वडाध्यक्ष बावुराम अधिकारीले बताउनुभयो ।
गढवा गाउँपालिका वडा नम्बर १ बडाहरा गाउँ स्थित कुलपानी सामुदायिक वनभित्र वडाको २५ लाख लागतमा कुलपानी हरित पार्क निर्माण गरिएको छ । लामो समयसम्म कोरोना महामारीका कारण सुनसान रहेको कुलपानी हरित पार्क क्षेत्रमा पर्यटक भित्रिन थालेपछि व्यापार व्यवसाय पनि बढ्दै गएको पाइएको छ । कोरोनाका संक्रमित घटेर निषेधाज्ञा खुकुलो भएसँगै हरित पार्क अवलोकन गर्न आउने पर्यटक भित्रिन थालेका हुन् ।
यस क्षेत्रमा दाङ लगायत आसपासका जिल्लाका विभिन्न स्थानबाट दैनिक दुईसय बढीको संख्यामा मानिसहरु आउने गरेको उहाँले बताउनुभयो । शनिबार र विदाको दिन यो संख्या अझ बढी हुने गरेको छ । पार्क अवलोक गर्न कुनै किसिमको शुल्क तिर्न पर्दैन, वडाध्यक्ष अधिकारीले भन्नुभयो । कुलपानी सामुदायिक वनभित्र रहेको कुलपानी हरित पार्क क्षेत्रभित्र विभिन्न मठमन्दिर, हरियाली मैदान, ताल पनि निर्माण भएका छन् । पार्कको आकर्षण थप बढाउन यसवर्ष वडाबाट केही बजेट विनियोजन भएको छ । यसवर्ष पार्कमा विश्राम स्थल, रोटेपिङ निर्माण गर्ने तयारी भइरहेको छ ।
यता डिभिजन वन कार्यालय दाङ, देउखुरीका प्रमुख बेसिन्द्रराज सुबेदीले यस क्षेत्रलाई जिल्लाकै प्रमुख पर्यटकीय गन्तव्यको रुपमा विकास गर्ने उद्देश्यले सहयोग गरिरहेको बताउनुभयो । पार्कलाई थप अकर्षक र मनमोहक तुल्याएर लुम्बिनी प्रदेशकै प्रमुख गन्तव्यको रुपमा विकास गर्न डिपिआर तयार पार्ने कार्य गरिरहेको प्रमुख सुबेदीले बताउनुभयो । पार्क भित्र वडाको आठ लाख लागतमा ताल निर्माण गरि डुगां संचालन गरिएको छ भने पिकनिक खान आउने पर्यटकहरुका लागी भनेर ७५ हजारको लागतमा पिकनिक स्थल निर्माण गरिएको छ । कुलपानी क्षेत्रलाई पर्यटकीय गन्तव्य बनाउनका संघिय सरकारले समेत विशेष चासो राख्दै आएको छ । उक्त क्षेत्रमा भ्रमण गर्न आउने पर्यटकलाई लक्षित गरी पार्कको विभिन्न क्षेत्रमा पर्यटकीय संरचना निर्माण गरिने प्रतिनिधिसभा सदस्य मेटमणी चौधरीले बताउनुभयो ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्