महाकाली घटनाको छानबिन गर : नेता नेपाल – Kanika Khabar
Friday, April 19Nepali News Portal

महाकाली घटनाको छानबिन गर : नेता नेपाल

    मा प्रकाशित

साउन १६, काठमाडौँ ।
नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले दार्चुलामा तुइन तर्ने क्रममा युवक महाकालीमा बेपत्ता भएको घटनाको छानबिन गर्न माग गर्नुभएको छ । आज अखिल फोर्सको कार्यक्रममा उहाँले घटनामा लापरबाही गर्ने जोसुकै भए पनि कारबाही हुनुपर्ने बताउनुभयो । घटनाको छानबिन गरी दोषीलाई दण्डित गर्ने काममा उहाँले भारत सरकारको ध्यानाकर्षण गराउनुभयो । हिजो दार्चुलामा नदी तरिरहेका बेला एसएसबीले तुइनको डोरी काट्दा ब्याँस गाउँपालिकाका युवक जयसिंह धामी नदीमा खसेर बेपत्ता हुनुभएको छ ।

 

यसैबीच, जिल्ला प्रशासन कार्यालय दार्चुुलाले तुुइन तर्ने क्रममा महाकालीमा युवक बेपत्ता भएको घटनामा भारतीय पक्षसँग जानकारी माग गरेको छ । आज सहायक प्रमुख जिल्ला अधिकारी ज्योत्स्ना भट्टले प्रेस विज्ञप्ति जारी गर्दै घटनाका विषयमा सत्यतथ्य जानकारी गराई आवश्यक कारवाही प्रक्रिया अगाडि बढाउन भारतीय समकक्षीलाई पत्राचार गरिएको जानकारी दिनुभएको छ । यो घटना छानबिनकै क्रममा रहेको भन्दै सहायक प्रजिअ भट्टले सत्यतथ्य पुष्टि नभएको अवस्थामा दुुई देशबीचको सम्बन्धमा खलल पार्ने किसिमका सूचना तथा समाचार सम्प्रेषण नगरिदिन आग्रह गर्नुभएको छ । तुइन तर्नेक्रममा एसएसबीले तुइनको डोरी फुकाइदिँदा व्याँस गाउँपालिका–२ का धामी महाकाली नदीमा खसेर बेपत्ता हुनुभएको थियो ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्