राप्ती साहित्य परिषदद्वारा साढे तीन दर्जन स्रष्टा पुरस्कृत हुँदै – Kanika Khabar
Thursday, April 25Nepali News Portal

राप्ती साहित्य परिषदद्वारा साढे तीन दर्जन स्रष्टा पुरस्कृत हुँदै

    मा प्रकाशित

१९ साउन, दाङ ।

राप्ती साहित्य परिषद्वारा गठित प्रतिभा छनौट समितिको दाङ घोराहीमा बसेको बैठकले परिषदमा स्थापित बिभिन्न पुरस्कारहरू २०७६ र ०७७ का लागि तपसिलका स्रष्टाहरूलाई पुरस्कृत गर्न निर्णय गरेको छ ।

प्रतिभा छनौट समितिका संयोजक सुशील गौतमको संयोजकत्व एवं सदस्यहरू डा.कृष्णराज डी.सी., खगराज न्यौपाने, पद्यप्रसाद शर्मा, केशव थापा रहेको बैठकले निर्णय गरी राप्ती साहित्य परिषदमा सिफारिस गरेको  परिषद्का केन्द्रीय अध्यक्ष पुरुषोत्तम खनालले जानकारी दिनुभएकाे छ ।

पुरस्कृत हुने स्रष्टा र पुरस्कार

१) राप्ती साहित्य पुरस्कार—२०७६ मनोहर लामिछाने (सल्यान), २०७७ डा.बिन्दु शर्मा (दाङ)
२) विष्णुनुमा पुरस्कार—२०७६ सरिता देवकोटा (दाङ), २०७७ सङ्गीता उपाध्याय (दाङ)
३) दीलसरी दल अतिरिक्त पुरस्कार—२०७७ जीवन प्रवेश रोका मगर (रोल्पा)
४) नन्दहरी पुरस्कार—२०७६ सहजराम यादव (दाङ देउखुरी), २०७७ बलबहादुर घर्ती (दाङ देउखुरी)
५) डोमादेवी साहित्य पुरस्कार— २०७६ शरद अधिकारी (दाङ), २०७७ पुष्कर रिजाल ‘पुष्प’ (प्यूठान)
६) ऋषिलक्ष्मी साहित्य पुरस्कार—२०७७ किरण आचार्य (बाँके)
७) पद्याकूल हास्यव्यङ्ये पुरस्कार—२०७६ लोकराज पराजुली (दाङ),
८) देवीचन्द्र साहित्य पुरस्कार—२०७६ प्रा.डा.सुदन पौडेल (दाङ), २०७७ पूर्ण ओली (रुकुम पश्चिम)
९) अपामुकुन्द प्रज्ञा पुरस्कार—२०७६ वाइ वी जिएम ‘वियाेगी’ (सल्यान), २०७७ प्रमोदकुमार शर्मा (रुकुम पश्चिम)
१०) गोपालचन्द्र प्रज्ञा पुरस्कार—२०७६ गणेश सुवेदी (रोल्पा), २०७७ भेषराज रिजाल (चितवन)
११) गोमा देवकोटा स्मृति कला पुरस्कार—२०७६ मंगला श्रेष्ठ (दाङ), २०७७ सुशीला थापा (दाङ)
१२) हरिप्रसाद पाण्डे मीना पाण्डे कला साहित्य पुरस्कार—२०७६ यागेश्वर बस्नेत (दाङ), २०७७ आदिम के.सी.(दाङ),
१३) खोविलाल हुकुमादेवी छन्द पुरस्कार—२०७६ डा.हिमलाल पन्थी (दाङ), २०७७ शुष्मा शर्मा
१४) पद्मप्रसाद रुपसा प्रज्ञा पुरस्कार— २०७६ वसन्त राठौर (दाङ), २०७७ राजेश क्षेत्री (दाङ)
१४) पण्डित कपिलमुनि भक्तकुमारी पुरस्कार—२०७६ अर्चित बाबु ‘मर्सिफुल’ (रोल्पा), २०७७ प्रतीक सङ्ग्रामी (दाङ)
१६) तिलका तुल्सीराम स्मृति पुरस्कार—२०७६ प्रा.डा.गितु गिरी (प्यूठान), २०७७ प्रा. खोपीराम लम्साल (दाङ)
१७) चक्रपाणि लक्ष्मी लोकेश्वरी छन्द पुरस्कार—२०७६ हरिप्रसाद पौडेल ‘स्वर्णशिखा’ (दाङ), २०७७ गंगानाथ कोइराला (दाङ)
१८) नित्यानन्द शर्मा प्रज्ञा पुरस्कार—२०७६ शशि शर्मा मजगैयाँ (दाङ), २०७७ ओम पंछी (रोल्पा)
१९) चन्द्रमधु गीत सङ्गीत पुरस्कार—२०७७ खर्कबहादुर बुढा (सल्यान)
२०) ओपेन्द्र रत्नशोभा साहित्य पुरस्कार—२०७७ सुन्दर गौतम (दाङ)
२१) प्रेमनारायण सावित्रा हेमकुमारी प्रज्ञा पुरस्कार—२०७७ नीलमकुमार न्यौपाने (भक्तपुर)
२२) श्रीबहादुर दिलमाया साहित्य पुरस्कार—२०७७ तेजेन्द्र खाममगर (पूर्व रुकुम)
२३) टेकबहादुर सुवर्ण राजभण्डारी साहित्य पुरस्कार—२०७७ सन्तोष श्रेष्ठ (दाङ)
२४) राप्ती सिर्जना पुरस्कार—२०७६ ‘सोरठी भैलो गीत एक परिचय’ नामक कृतिका लागि लेखक लिला पुन (प्यूठान) र २०७७ ‘रापतीका साहित्यिक पुरस्कारहरू’ नामक कृतिका लागि लेखक रमेश सुवेदी (रोल्पा) लाई प्रदान गर्ने निर्णय भएको छ ।
साथै परिषद्ले पुरस्कार अक्षयकोष संस्थापकहरू मध्यबाट डा.नेत्र एटम, देवमणि गौतम, विकास गौतम, विकिरण गौतम र विवेक गौगमलाई तथा अग्रजस्रष्टा प्रा.श्रीधर मजगैयाँलाई सम्मान गर्ने निर्णय गरेको छ ।

यी पुरस्कार तथा सम्मान केही समयपछि अनुकूल समयमा आयोजना गरिने परिषद्को वार्षिक साहित्यिक समारोहमा वितरण गरिने कुरा राप्ती साहित्य परिषदका केन्द्रीय अध्यक्ष पुरुषाेत्तम खनालले जानकारी गराउनुभएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्