काठमाडौँ उपत्यकामा थप एक साता निषेधाज्ञा लम्बियो – Kanika Khabar
Tuesday, April 23Nepali News Portal

काठमाडौँ उपत्यकामा थप एक साता निषेधाज्ञा लम्बियो

    मा प्रकाशित

साउन १९, दाङ ।
काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा थप एक हप्ता थपिएकोृ छ।

मंगलबार काठमाडौंका तीन जिल्ला प्रमुखको बसेको बैठकले थप सात दिन निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको हो। पहिलेकै निर्णयहरूलाई कडाइ गर्दै थप एक हप्ता निषेधाज्ञा गरिएको हो।

हालसम्म सबै प्रकारका सभा, सम्मेलन, पार्टी प्यालेस, सिनेमा हल, रेष्टुरेन्ट, डान्सबार, दोहोरी, शैक्षिक संस्थालगायत बढी भीडभाड हुने स्थान भने बन्द हुने भएका छन् । निषेधज्ञा खुकुलो भएसँगै औषधि तथा स्वास्थ्य सामग्रीका पसलबाहेक अरू पसल तथा व्यवसाय साँझ ७ बजेसम्म मात्रै सञ्चालन हुँदै आएका छन्। यस्तै रेष्टुरेन्ट तथा फास्ट फुड, अनलाइन अर्डर र टेक अवेका सेवाहरू पनि साँझ ७ बजेसम्म मात्रै सञ्चालन गर्न पाइने आदेशमा उल्लेख छ।

प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीले एक सूचना जारी गर्दै संक्रमणको उच्च जोखिम यथावत रहेकाले सभा, सम्मेलन, धर्ना, जुलुस, गोष्ठी, र्‍याली जस्ता गतिविधि नगर्न आग्रह गरेका हुन्।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्