मुख्यमन्त्री पोख्रेल बिरुद्ध फेरी अविश्वासको प्रस्ताव दर्ता – Kanika Khabar
Friday, April 19Nepali News Portal

मुख्यमन्त्री पोख्रेल बिरुद्ध फेरी अविश्वासको प्रस्ताव दर्ता

    मा प्रकाशित

साउन १९, दाङ ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोख्रेल बिरुद्ध फेरि अविश्वासको प्रस्ताव दर्ता भएको छ । बिपक्षी गठबन्धनमा आवद्ध दलहरुले संसद सचिवलयमा मुख्यमन्त्री बिरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराएका हुन् । साथै उनिहरुले प्रदेशश प्रमुखलाई संसदको बिशेष अधिवेशन बोलाउन माग समेत गरेका छन् ।

‘संसदका एक चौथाई सांसदहरुले संसद सचिवालयमा पुनः मुख्यमन्त्री बिरुद्ध अविश्वासको प्रस्तव दर्ता गरेका छौँ,’ नेकपा माओबादी केन्द्रका सांसद ईन्द्रजीत चौधरीले भने ‘प्रदेश प्रमुख समक्ष पनि संसदको बिशेष अधिवेशनको माग गरेका छौँ ।’ यसअघि पनि बिपक्षी दलहरुले पोख्रेल बिरुद्ध खुई पटक अविश्वासको प्रस्ताव दर्ता गरेका थिए । तर उनले संसदमा आँफूलई फेस गर्न सकेका थिएनन् ।

अब प्रदेश प्रमुखले संसदको बिशेष अधिवेशन आह्वान गरे मुख्यमन्त्री पोख्रेलले संसदमा बिश्वासको मत माग्नु पर्नेछ । उनले बिश्वासको मत नपाएको खण्डमा प्रदेश प्रमुखले बहुमत पुर्याएर सरकार गठनका लागि दलहरुलाई आह्वान गर्ने छन् ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्