दार्चुला घटनाः छानविन समितिले दिएको प्रतिवेदनको आधारमा सरकार जस्तोसुकै कदम चाल्न पनि तयार छौँ : गृहमन्त्री खाँण – Kanika Khabar
Wednesday, April 24Nepali News Portal

दार्चुला घटनाः छानविन समितिले दिएको प्रतिवेदनको आधारमा सरकार जस्तोसुकै कदम चाल्न पनि तयार छौँ : गृहमन्त्री खाँण

    मा प्रकाशित

साउन १९, काठमाडौँ ।

गृहमन्त्री बालकृष्ण खाँणले महाकाली नदी पार गर्ने क्रममा तुइनबाट दार्चुलाका जयसिंह धामी वेपत्ता भएको घटनाको सत्यतथ्य सार्वजनिक गर्न सरकारले तत्काल छानविन समिति गठन गरेको बताउनुभएको छ । गृहमन्त्री खाँणले सो घटनाका सम्बन्धमा छानविन समितिले दिएको प्रतिवेदनको आधारमा सरकार जस्तोसुकै कदम चाल्न पनि तयार रहेको बताउनुभयो ।

 

आज प्रतिनिधिसभाको बैठकमा सांसदहरुले सोधेका प्रश्नको जवाफ दिने क्रममा उहाँले छानविन समितिले घटनास्थलमै गएर छानविन गर्ने र प्रत्यक्षदर्शीहरुको बयानलाई मूल आधार बनाएर छानविन गर्ने जानकारी दिनुभयो । स्थानीय नागरिकसँग पनि बुझेर छानविन समितिले सत्य तथ्यसहितको प्रतिवेदन ल्याउने र प्रतिवेदनले दिएको निष्कर्षलाई सरकारले दृढताका साथ अघि बढाउनेछ तथा जस्तोसुकै कदम चाल्न पनि सरकार तयार हुने प्रतिवद्धता उहाँले व्यक्त गर्नुभयो ।

 

सरकारले सो घटना घटेलगत्तै मन्त्रीस्तरीय निर्णयबाट गृह मन्त्रालयका सहसचिव जनार्दन गौतमको नेतृत्वमा ५ सदस्यीय छानविन समिति गठन गरेको थियो । गृहमन्त्री खाँणले सो छानविन समितिले सत्य तथ्य सहितको प्रतिवेदन बाहिर नल्याउँदा सम्म सरकारले थप केही पनि बोल्न नमिल्ने पनि स्पष्ट पार्नुभयो । यस बारेमा सत्य, तथ्य जानकारी गराउन सांसदहरुले माग गरेका थिए ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्