एमालेका सांसदद्वारा सरकारको आलोचना – Kanika Khabar
Thursday, March 28Nepali News Portal

एमालेका सांसदद्वारा सरकारको आलोचना

    मा प्रकाशित

साउन १९, काठमाडौँ ।
प्रमुख प्रतिपक्षि दल नेकपा एमालेले दार्चुला घटना र खोपको विषयलाई लिएर सरकारको आलोचना गरेको छ । प्रतिनिधि सभाको शुन्य समयमा बोलेका प्रमुख प्रतिपक्षका सांसदहरुले दार्चुला घटनामा सरकार मौन बसेको आरोप लगाए ।

उनीहरुले भारतका विरुद्ध सरकार बोल्न नसकेको र भारतको लागि सजिलो बनेको भन्दै आपति जनाएका छन् । सांसद भुमि प्रसाद त्रिपाठीले दार्चुला घटनाको सत्यतथ्य सार्वजनिक गरी दोषीलाई कारबाही र पीडित परिवारलाई क्षतिपूर्तिको माग गर्नुभयो ।

अर्का सांसद महेश बस्नेतले काँग्रेस नेतृत्वको सरकारले स्वास्थ्य माफियालाई संरक्षण गरेको आरोप लगाउनुभयो । त्यस्तै सरकारले खोपको दुरुपयोग गरेको आरोप पनि लगाउनुभयो ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्