खोप केन्द्रबाट सङ्क्रमणको जोखिम बढ्यो, व्यवस्थित बनाउन स्वास्थ्य मन्त्रालयको निर्देशन – Kanika Khabar
Tuesday, March 19Nepali News Portal

खोप केन्द्रबाट सङ्क्रमणको जोखिम बढ्यो, व्यवस्थित बनाउन स्वास्थ्य मन्त्रालयको निर्देशन

    मा प्रकाशित

साउन १९, काठमाडौँ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना बिरुद्दको खोप लगाउने क्रममा भिभाड नगर्न, नगराउन सबैलाइ आग्रह गरेको छ । धेरै जसो खोप केन्द्रमा भिड देखिएको भन्दै आवश्यकता अनुसार खोप केन्द्र थप गर्न र भौतिक दुरि कायम गराउन मन्त्रालयले निर्देशन दिएको छ ।

मन्त्रालयले कोभिड–१९ विरुद्धको खोप अभियानलाई थप प्रभाकारी बनाउन सातै प्रदेशका स्वास्थ्य निर्देशनालय र ७७ वटै जिल्लाका स्वास्थ्य कार्यालयहरुलाई निर्देशन दिएको हो ।

मन्त्रालय अन्तर्गतको स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. दिपेन्द्ररमण सिंहले विज्ञप्ति जारी गर्दै खोप अभियान सञ्चालन तथा व्यवस्थापनबारे माथिल्लो निकायमा जानकारी गराउनका लागि सम्पर्क व्यक्ति तोक्न सबै स्वास्थ्य कार्यालयलाइ निर्देशन दिनुभएको छ । मन्त्रालयले तोकेका लक्षित समूहलाई मात्रै खोप प्रदान गर्ने व्यवस्था कडाइका साथ लागू गर्न पनि भनेको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्