हामीले समृद्ध गाउँपालिका निर्माणका लागि धेरै योजना बनाएका छौँ : के.सी. – Kanika Khabar
Thursday, April 25Nepali News Portal

हामीले समृद्ध गाउँपालिका निर्माणका लागि धेरै योजना बनाएका छौँ : के.सी.

    मा प्रकाशित

सीमाक्षेत्रका अधिकांश बस्तीहरुलाई देउखुरी र पूर्वपश्चिम राजमार्गसंग जोड्ने कामलाई पहिलो प्राथामिकता ।
दाङ जिल्लाको सबैभन्दा अति दुर्गम, ग्रामिण क्षेत्र र भारतसंग जोडिएको स्थानीय तह हो, दाङको राजपुर गाउँपालिका । सिमाक्षेत्रका अधिकांश बस्तीहरुमा राज्यको उपस्थिति हुन सकिरहेको छैन । पछिल्लो समय यता सिमक्षेत्रकबा बस्तीहरुलाई पूर्वपश्चिम महेन्द्र राजमार्गसंग जोड्नको लागी विभिन्न नयाँ बाटाका ट्र¥या खोलिएको र पक्की पुल निर्माणको काम धमाधम भइरहेको छ । स्थानीय तह गठन भएको चारवर्षमा जनप्रतिनिधिले के कस्ता काम गरेका छन् त ? यसै सन्दर्भमा दाङ देउखुरी राजपुर गाउँपालिका अध्यक्ष लोकराज केसीसँग पत्रकार शिवु खनालले गर्नुभएको कुराकानी /
स्थानीय तह गठन भएको चारवर्षमा तपाईंको नेतृत्वमा गाउँपालिकाले सम्झनयोग्य के के काम ग¥यो ?

हामीले समृद्ध गाउँपालिका निर्माणका लागि धेरै योजना बनाएका छौँ, तीमध्ये गाउँपालिकाले गरेको महत्वपूर्ण काम भनेको सडक संजालसंग जोड्ने काम गरेका छाँै । पालिकाको पहाडी एवं ग्रामीण क्षेत्रका बाटाघाटा नपुगेका ठाउँ अहिले नयाँ ट्र¥याक खोलिएको छ । देउखुरी देखि भारतसंग जोडिएको सिमाक्षेत्रहरुका बस्तीलाई राजमार्गसंग जोड्ने काम गरेका छाँै । स्थानीय तहमा हाी आइसकेपछि सिङ्जाली मार्ग नामाकरण गरेक पनि छाँै । पालिकाको सिमाक्षेत्र गुरुङ् नाका देखि पश्चिमको भौवानाका सम्म ७२ किलोमिटरको सिमा सडक निर्माण गरेका छाँै । यो एउटा हाम्रो मुख्य उपलब्धि हो । हामी हाम्रो देशलाई कृषिप्रधान देश भन्छौँ तर कृषिबाटै धेरै मानिस आत्मनिर्भर र आकर्षित हुन सकेका थिएनन् । हामीले भूमिगत सिँचाइको काम ग¥यौँ, जसका कारण कृषिमा धेरैको आकर्षण बढेको छ ।  हामीले धान पकेट क्षेत्र, मकै पकेट क्षेत्र, पहाडी क्षेत्रमा बाख्रापालन पकेट क्षेत्र र फलफूल जोनका रूपमा अगाडि बढाउने काम ग¥यौँ, फलस्वरूप अहिले कागती र फलफूलका बिरुवाहरू हुर्किएका छन् । कृषि क्षेत्रमा गाउँपालिकाबासी व्यावसायिक रूपमै लागेका छन् । मलाई लाग्छ, समग्र रूपमा कृषि उपजमा सबैभन्दा धेरै हामीले सम्झनयोग्य काम ग¥यौँ । यो वर्ष खांग्रानाका र पटौली नाकामा एकिकृत सेवा केन्द्र स्थापना गर्ने तयारीमा छाैै ।
निर्वाचन अगाडि वाचा गरेका प्रतिबद्धताहरू कति पूरा भए ?

निर्वाचनकाबेला हामीले मुख्यतीनवटा योजना अगाडि सारेका थियौँ । पहिलो योजना भनेकै गाउँपालिकाबासीलाई पूर्वपश्चिम राजमार्गसंग जोड्ने भनेका थियाैैँ। पालिका अन्तरगत विभिन्न क्षेत्रमा कालोपत्रेको कम अगाडि बढेको छ । राप्ती नदीमा पक्की पुलहरु निर्माण भइरहेको छन् । अहिले त्यो सपना पुरा भएको छ । दोस्रो पालिकाबासीलाई व्यवसायी बनाउदै गाउँमै रोजगारी सृजना गर्ने । उक्त काम पनि अगाडि बढिरहेको छ । अन्य योजनाहरु अहिले कोरोना संक्रमणका कारण मात्रै रोकिएको छ । कोभिड प्रकोपको न्यूनीकरण सँगसँगै यसको कार्यक्रम अगाडि बढ्छ ।  तेस्रो, नदीको तटीय क्षेत्रबाट वैकल्पिक राजमार्गका रूपमा अगाडि बढ्नुपर्छ भन्ने सन्दर्भमा हामीले योजना तहमा कार्यक्रम अगाडि बढाएका थियौँ, त्यसलाई सरकारले संघिय र प्रदेश सरकारले महत्व दिएको छ । पालिका स्तरीय बेलामा पन्ध्र शैयाको अस्पताल बनाउने निर्णय गाउँसभाबाट स्वीकृत भइसकेकाले अब छिट्टै काम हुँदैछ । खांग्रनाका खानेपानीको लागि डिपबोरिङ् गाड्ने काम भइरहेको छ । नाका क्षत्रेमा विद्युत्को पोल विस्तारका काम अगाडि बढेको छ । बेला देखि पटौली, जंग्रहवा देखि खांग्रा र सुनपत्रीखोला देखि सुनपत्थरी, भैसाही र भौवानाका जोड्ने सडकको लागि प्रत्येक वर्ष बजेट विनियोजन गरि स्तरउन्नती भइरहेको छ । सबै वडाहरुमा आधारतुर स्वास्थ्य इकाई केन्द्रको भवन स्थापना गरि स्वास्थ्य सेवा प्रदान भइरहेको छ । हामीले हाम्रो पालामा तिनवटा मा.वि बनाइ गुणस्तरिण शिक्षा प्रदान गर्दै आएका छाँै । त्यती मात्रै नभएर शिक्षक कम भएको विद्यालयमा विद्यार्थी संख्याको आधारमा शिक्षक अनुदान वितरण गर्दै आएका छाँै । यस्तै भौवानाका देखि बाँकेको कुसुम जोड्ने सडक स्तरउननतीको लागी यसवर्ष दशलाख बजेट विनियोजन गरेका छाँै । सञ्चारक्षेत्रमा भन्ने हो भने हामीले दुईवटा टावर निर्माण गर्ने काम गरेका छौँ ।

गाउँपालिकाले ‘समृद्ध पालिका’ निर्माणका लागि कस्ता दीर्घकालीन योजना अगाडि बढाएको छ ?

अहिले गाउँपालिकामा आउने सेवाग्राहीले छिटोछरितो सेवा पाउन् भन्ने उद्देश्यअनुसार कर्मचारीलाई निर्देशन गरिएको छ । धान, मकै र फलफूलको पकेट क्षेत्रका रूपमा यहाँ कृषिका काम भएका छन् । अब कृषि पर्यटनका रूपमा गैँडाकोटलाई चिनाउने योजनामा छाँै । एक सामुदायिक वन एक जलाधार क्षेत्र, एक वडा एक बाल उद्यान, गाउँपालिकाका सबै सातवटा वडामा आधारतु स्वास्थ्य इकाई केन्द्र स्थापना गरिएको छ ।

कोरोना रोकथाम, नियन्त्रण र उपचारमा गाउँपालिकाले कस्ता काम गर्न सक्यो ?

विशेषगरी कोरोना संक्रमण नियन्त्रणमा परामर्श महत्वपूर्ण हो । हामी गाउँवासीलाई स्वस्थ रहेमा र स्वास्थ्य सतर्कता अपनाएमा कोरोनालाई जित्न सकिन्छ भन्ने सन्देश प्रवाह गर्न सफल भयौँ । जसको फलस्वरूप राजपुरसीले सामुदायिक तथा व्यक्तिगत सरसफाइमा ध्यान दिएका छन् । पन्ध्र शैयाको आइसोलेसन कक्ष स्थापना गरेर गाउँमै स्थानीयलाई सुरक्षितका साथ राखेका थियौँ । होम आइसोलेसनमा रहेका संक्रमितको नियमित निगरानी, संक्रमितले पाउनुपर्ने स्वास्थ्य उपचार लगायतका कुरालाई प्राथमिकतमा राखेर काम ग¥याँै र गरिरहेका छौँ ।

समृद्ध पालिका निर्माणमा संघ, प्रदेश सरकारबाट कत्तिको साथ र सहयोग पाउनुभएको छ ?

अहिलेसम्म राम्रै सहयोग पाइरहेका छाँै । विशेषगरी भारतसंग जोडिएको सिमाक्षेत्रमा नयाँ ट्र¥याक खोल्नको लगाी हाम्रो पालिकालाई संघ र प्रदेश सरकारले निकै महत्वपूर्ण आर्थिक सहयोग गरेको छ । अगामी दिनमा हामीले बनाउने योजनामा संघ र प्रदेश सरकारको पूर्ण साथ हुनेछ भन्ने विश्वास लिएको छु । केही ठूला योजनाको डीपीआर तयार गरेर सङ्घ र प्रदेशमा पेस गर्ने तयारीमा छौँ ।

सुशासनका क्षेत्रमा के कस्ता कदम चाल्नुभएको छ ?

हामीले जुन योजना र कार्यक्रम अगाडि बढाएका छौँ, ती योजना र कार्यक्रम सुरुवात भइसके पश्चात् ती सबैका बारेमा जनताका बीचमा जानकारी गराउँछाँै । जनतालाई गाउँपालिकाका सबै योजना र कार्यक्रम के भइरहेको छ ? बजेट कति हो ? भन्नेबारे जानकारी गराउनुपर्छ भनेरै हामीले जनताको बीचमा छलफल र अन्तरक्रिया गरेर जानकारी दिने गरेका छाँै । गाउँपालिका कार्यपालिकाको बैठक तथा विभिन्न अन्तरक्रियालाई जनताको माझमा पालिकाको आइटी अफिसरको माध्यमबाट लैजाने गरेका छाँै । कार्यालयमा आएका सबैले के भइरहेको छ भन्नेबारेमा आफैँले हेर्न सक्नुहुन्छ ।
अन्त्यमा गाउँपालिकामा कहिलेकाहीँ विवाद पनि हुने गरेको सुनिन्छ, खास कारण के होला ?
स्थानीय तहमा सत्ता पक्ष र प्रतिपक्षको परिकल्पना गरेको छैन । विवाद गर्नुपर्ने म देख्दिनँ र विवाद गर्नुपर्छ भन्ने मान्यतामा पनि म छैन तर हाम्रोमा स्थानीय सरकारमा सत्ता पक्ष र प्रतिपक्ष छैन भन्ने कल्पना गर्दागर्दै बहुमत र अल्पमतका कुरा आउँदा विवाद हुने गरेका छन् ।।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्