द्वन्दपीडितलाई व्यवसाय सामग्री सहयोग – Kanika Khabar
Thursday, April 18Nepali News Portal

द्वन्दपीडितलाई व्यवसाय सामग्री सहयोग

    मा प्रकाशित

घोराही, ५ भदौ ।
नेपाल महिला सामुदायिक सेवा केन्द्र र नागरिक आवाज ललितपुरको सहकार्यमा सञ्चालित महिला शान्ति र सुरक्षा कार्यक्रममा आवद्ध द्धन्दपिडीत महिलाहरुलाई व्यवसाय सञ्चालनकालागी विभिन्न सामाग्रीहरु प्रदान गरिएको छ । जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमीटेडसँगको समन्वयमा महिलाहरुलाई व्यवसाय सञ्चालनकालागी सामग्रीहरु हस्तान्तरण गरिएको हो । कार्यक्रम अन्तरगत व्यवसायिक तालिम लिएका द्धन्दपिडीत महिलाहरुलाई जाल्पा सामुदायिक लघुवित्तको बिजौरी शाखा अनतरगतका सदस्यहरुलाई सामग्री प्रदान गरिएको थियो ।

महिला शान्ति र सुरक्षा कार्यक्रमका प्रमुख रमेश केसीको अध्यक्षता एवं जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमीटेडका अनुगमन प्रमुख अनिल अधिकारीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा सदस्यहरुलाई सिलाई मेसीन, आईरन, गुडीया बनाउने सामग्री र लोकल कुखुरा प्रदान गरिएको थियो । कार्यक्रममा सहभागीहरुले व्यवसाय सञ्चालन गरेर आर्थिक रुपमा महिलाहरु सक्षम भएमा समाज नै सक्षम हुने बताएका थिए । व्यवसाय सञ्चालन गर्नकालागी नेपाल महिला सामुदायिक सेवा केन्द्रले गरेको सहयोगले आफूहरुलाई व्यवसायतर्फ उत्प्रेरित गरेको द्धन्दपिडीत महिलाहरुले बताउनुभएको थियो ।

तालिमपछि व्यवसायीक रुपमा व्यवसाय सञ्चालन गर्नकालागी महिला शान्ति र सुरक्षा कार्यक्रममा आवद्ध द्धन्दपीडीत महिला सदस्यहरुलाई सामाग्री हस्तान्तरण गरिएको जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाका बिजौरी शाखा प्रमुख खगा भण्डारीले जानकारी दिनुभयो । महिला शान्ति र सुरक्षा कार्यक्रमका मनोविमर्शकर्ता लक्ष्मी ढकालको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजिकरण जाल्पा सामुदायिक लघुवित्तका बजार व्यवस्थापन कमलाकान्त दाहालले गर्नुभएको थियो ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्