भदौ ५, दाङ ।
दाङ जिल्लाकाे घाेराही उपमहानगरपालिका वडा नं. १७ अवस्थित मदन भण्डारी मेमोरियल विद्यालयकाे १२ आैँ साधारणसभा सम्पन्न भएकाे छ ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कुलविर चाैधरीकाे अध्यक्षता तथा महिला नेतृ मेनका पाेख्रेलकाे प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रम मदन भण्डारी फाउन्डेसनका अध्यक्ष शिवकुमार आचार्य , वडाप्रतिनिधि तुलप्रसाद घिमिरे , गुठियार भाेजराज भण्डारी र माधव गाैतमले शुभकामना मन्तव्य राखेका थिए ।
विद्यालयका प्रिन्सिपल बिमल भण्डारीले विद्यालयकाे प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए ।
साधारणसभाले विद्यालय व्यवस्थापन समितिकाे अध्यक्षमा नवराज अधिकारीलाई चयन गरेकाे छ ।
शिवकुमार आचार्यकाे अध्यक्षता सात सदस्यीय गुठियार समिति गठन गरेकाे छ । सदस्यहरूमा नवराज अधिकारी, बिमल भण्डारी, इच्छा न्याैपाने, खाेपिराम चाैधरी, कुलविर चाैधरी र दाेर्ण भण्डारी रहेका छन् ।
त्यस्तै सल्लाहकारमा मेनका पाेख्रेल, भाेजराज भण्डारी, माधव गाैतम, सीताराम चाैधरी र गाेविन्द शर्मा रहेका छन् ।
कार्यक्रमकाे सहजीकरण नवराज अधिकारीले गरेका थिए ।