नेपाली राष्ट्रिय क्रिकेट टिम आज ओमान जादै – Kanika Khabar
Monday, May 11Nepali News Portal

नेपाली राष्ट्रिय क्रिकेट टिम आज ओमान जादै

    मा प्रकाशित

नेपाली राष्ट्रिय क्रिकेट टिम आज ओमान जादैछ ।आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत ओमान र अमेरिकासँगको त्रिकोणात्मक एकदिवसीय सिरिजका लागि नेपाली टिम ओमान जान लागेको हो ।नेपाल क्रिकेट संघ (क्यान) ले नेपाली टिम आज बिहान ८ बजे सलाम एयरबाट ओमान प्रस्थान गर्ने जनाएको छ ।

 

ओमान भ्रमणका लागि क्यानले ज्ञानेन्द्र मल्लको कप्तानीमा १७ सदस्यीय टिमको घोषणा गरिसकेको छ । नेपाल, ओमान र अमेरिकाबीचको सिरिज भदौ २८ देखि असोज ४ गतेसम्म आयोजना हुनेछ । सिरिज अघि नेपालले पपुवा न्युगिनी (पीएनजी) सँग दुई एकदिवसीय खेल खेल्नेछ ।

 

नेपालले पीएनजीसँग पहिलो खेल सेप्टेम्बर ५ र दोस्रो खेल सेप्टेम्बर ८ (भदौ २० र २३) मा खेल्ने क्यानले जनाएको छ।यसअघि लिग–२ अन्तर्गत नेपालले घरेलु मैदानमा ओमान र अमेरिकासँग ४ खेल खेलिसकेको छ ।जसमा नेपालले अमेरिकालाई दुई खेलमा हराएको थियो भने ओमानसँग दुबै खेलमा पराजित भएको थियो ।

 

लिगमा नेपालले ४ खेलमा ४ अङ्क जोडेको छ । नेपाल छैटौं स्थानमा रहेको छ ।ओमान १० खेलमा १६ अङ्क जोडेर शीर्ष स्थानमा रहेको छ । १२ खेलमा १२ अङ्क जोडेको अमेरिका दोस्रो स्थानमा रहेको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्