मार्शल आर्ट्स हाप्किडो दाङको अध्यक्षमा भुवन बुढा – Kanika Khabar
Monday, May 11Nepali News Portal

मार्शल आर्ट्स हाप्किडो दाङको अध्यक्षमा भुवन बुढा

    मा प्रकाशित

दाङ,८ भदौ ।

मार्शल आर्ट्स हाप्किडो संघ दाङको अध्यक्षमा भुवन बुढामगर निर्वाचित भएका छन् । मार्शल आर्ट्स हाप्किडो संघ दाङको बेलझुण्डीमा भएको प्रथम अधिबेशनले बुढा मगरको अध्यक्षमा नयाँ कार्यसमिति चयन गरेको हो ।

संघको उपाध्यक्षमा सुजन वली, बसन्त घर्तीमगर, गणेश नेपाली, तारासिंह बुढा र गणेश घर्ती मगर, सचिवमा भ्युमान पुन र कोषाध्यक्षमा अस्मिता बिसी चयन भएका छन् । त्यसैगरी अधिवेशनले सदस्यमा सविन वली, सुप्रिया बाठा मगर, विधान आचार्य, प्रीन्स विष्ट, कृष्ण डिसी र उमादेवी गिरीलाई चयन गरेको छ । आवश्यक अन्य सदस्य पछि थप गरिने नवनिर्वाचित अध्यक्ष बुढाले जानकारी दिएका छन् ।

मार्शल आर्ट्स हाप्किडो संघ दाङका अध्यक्ष भुवन बुढामगरको अध्यक्षता तथा जिल्ला खेलकुद विकास समिति दाङका अध्यक्ष बिबेक श्रेष्ठको प्रमुख आतिथ्यता तथा नेपाल मार्शल आर्ट्स हाप्किडो संघका केन्द्रीय अध्यक्ष कालीबहादुर घर्तीमगरको विशिष्ट आतिथ्यतामा भएको कार्यक्रममा बोल्ने बक्ताहरुले युवाहरुलाई शारिरीक तथा मानिसीक रुपमा स्वस्थ राख्नेसँगै देशको गहनाका रुपमा रहेको खेलकुद क्षेत्रको विकासका लागि राज्यले लगानी गर्न आवश्यक रहेको बताएका थिए ।

साथै उनीहरुले खेलकुद स्वास्थ्यसँगै शिक्षा, आर्थिक र पर्यटनसँग समेत जोडिएकाले दाङको विकासका लागि स्थानीय तहरुले खेलकुदलाई समेत अघि बढाउन आवश्यक रहेको बताएका थिए ।
कार्यक्रममा नेपाल मार्शल आर्ट्स हाप्किडो संघका महासचिव सुवर्ण बिसी, जिल्ला खेलकुद विकास समितिका कार्यलय प्रमुख तथा एथलेटिक्स प्रशिक्षक पद्मा चौधरीलगायतको सहभागितामा अधिवेशन भएको थियो । कार्यक्रमको सहजीकरण सुजन वलीले गरेका थिए ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्