भदौ ९, दाङ ।
नेकपा एमालेको हिजो मंगलबार बसेको स्थायी कमिटीको बैठकले एकताको लागि माधव नेपाल पक्षलाई आह्वान गरेको छ । आज बुधबार माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टीको सनाखत हुने भएको छ ।
अब नेपाल पक्षल नयाँ दल सनाखत गराएर अगाडि बढ्छन् या एकताको आह्वानमा समावेश हुन्छन् त भन्ने आँकलन राजनीति वृत्तमा चलेको छ ।
एकताका लागि आह्वान गरे पनि आफू एकतामा नजाने र नयाँ दल दर्ता गरेर अगाडि बढ्ने नेकपा एकीकृत समाजवादीलेृ जनाएको छ ।
एकताको आह्वानको कुनै अर्थ नभएको कनिका खबरसँगको संवादमा नेकपा एकीकृत समाजवादीका नेता मेटमणि चौधरीले बताए । उनले भने, ‘हामी नयाँ दल दर्ताको प्रक्रियामा अगाडि बढिसकेका छौँ, ब्याक हुने कुरा नै छैन । एकताका लागि गरिएको आह्वान छलकपट हो, अहिले एकताका लागि आह्वान गरिए पनि पछिको गतिविधि पुरानै ढर्राबाट चल्ने हुन् । एकताको आह्वान ओलीको छटपटी हो । हामीलाई कुनै प्रलोभनमा पर्नु छैन, कम्युनिस्ट पाटीृको विचार र मान्यतालाई स्थापित गर्दै लैजाने मार्गमा हामी अगाडि बढिसकेका छौँ, ओलीको षडयन्त्ररुपि प्रलोभनमा हामी पर्दैनौँ । ’


