अछाममा बालिका बलात्कार आरोपमा २ जना युवक पक्राउ – Kanika Khabar
Sunday, March 3Nepali News Portal

अछाममा बालिका बलात्कार आरोपमा २ जना युवक पक्राउ

    मा प्रकाशित

एकेन्द्र खत्री
भदौ ९, अछाम/
अछाममा बालिका बलात्कार गरेको आरोपमा २ जना युवक पक्राउ परेका छन् । जिल्लाको पञ्चदेवल विनायक नगरपालिकाका २ जना युवक बालिका बलात्कार गरेको आरोपमा पक्राउ परेका हुन् ।

 

पक्राउ पर्नेमा जिल्लाको पञ्चदेवल विनायक नगरपालिका वडा नम्बर ६ का अन्दाजी २४ वर्षीय जनक बटाला र सोही ठाउँका अन्दाजी २५ वर्षीय महेन्द्र रावल रहेका छन् । यही भाद्र ५ गते विनायक बजारबाट घर पु¥याइदिन्छु भन्दै मोटरसाइकलमा लगी दुवै युवकले बलात्कार गरेको बालिकाको आरोप छ । बालिकाको उजुरी पश्चात् दुवै जना युवकलाई प्रहरीले सोही दिन राती नै नियन्त्रणमा लिएको थियो । घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय अछामले बताएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्