निर्मला पन्तको हत्या अनुसन्धान तथ्यनजिक पुगेको गृहमन्त्री खाँडको भनाइ – Kanika Khabar
Thursday, November 30Nepali News Portal

निर्मला पन्तको हत्या अनुसन्धान तथ्यनजिक पुगेको गृहमन्त्री खाँडको भनाइ

    मा प्रकाशित

भदौ १०, काठमाडौँ ।
गृहमन्त्री बालकृष्ण खाँडले निर्मला पन्तको हत्याको अनुसन्धान तथ्यनजिक पुगेको बताउनुभएको छ । आज बसेको राज्य व्यवस्था समितिको बैठकमा उहाँले निर्मला पन्त घटनाको अनुसन्धानमा तथ्य नजिक पुगेको जानकारी दिनुभयो।

अपराधी भाग्न सक्ने भएकाले अनुसन्धानको अवस्था बाहिर नल्याइएको भन्दै उहाँले निर्मला पन्तको हत्याको अनुसन्धान गरी तथ्य नजिक सरकार पुगेको उल्लेख गर्नुभयो । भीमदत्त नगरपालिका–२ उल्टाखामकी १३ वर्षका बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको थियो।

तर,उहाँको हत्यामा संलग्न अहिलेसम्म पक्राउ पर्न सकेका छैनन्। २०७५ साउन १० गते हराएकी पन्तको ११ गते शव भेटिएको थियो। पोष्टमार्टम रिपोर्टमा उहाँको बलात्कारपछि नै हत्या भएको पुष्टि भएको थियो।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्