देउखुरीबाट अवैध सालको काठ सहित तीनजना पक्राउ – Kanika Khabar
Tuesday, January 21Nepali News Portal

देउखुरीबाट अवैध सालको काठ सहित तीनजना पक्राउ

    मा प्रकाशित

शिवु खनाल

दाङ, ११ भदौ /

डिभिजन वन कार्यालय दाङ (देउखुरी) लमहीले ५३.८९ क्युफिट अवैध सालकाे काठ सहित तीनजनालाई पक्राउ गरेको छ । गए राती करिब तीन बजे क्रकहवाबाट लमही तर्फ लु २ च ७७४१ नम्बरको पिकअप जिपमा १७ थान चिरानकाे ५३.८९ क्युफिट अवैध सालकाे काठ ल्याउने क्रममा इलाका प्रहरी कार्यालय गढवाले नियन्त्रणमा लिइ शुक्रबार डिभिजन वन कार्यालय दाङ (देउखुरी) लमहीलाई बुझाएको हाे ।

No description available.

पक्राउ पर्नेमा गढवा गाउँपालिका वडा नम्बर ४ खडकपुर निवासी २४ वर्षिय साहीद मुसलमान, राप्ती गाउँपालिका वडा नम्बर ५ कालापानी निवासी २६ वर्षिय प्रदिपकुमार चाैधरी र साेही पालिका वडा नम्बर ८ पिपरा निवासी ३७ वर्षिय बिनाेद चाैधरी रहेको डिभिजन वन कार्यालय दाङ देउखुरी लमहीका प्रमुख बेसिन्द्रराज सुबेदीले जानकारी दिनुभयो । उहाँका अनुसार पक्राउ पर्नेहरू माथि आवश्यक कार्वाहीकाे लागि थप अनुसन्धान भइरहेको छ ।

पछिल्लो समय यता डिभिजन वन कार्यालय दाङ देउखुरी लमहीले सक्रियता बढाएपछि अवैध काठमा संलग्नता हुनेलाई धमाधम पक्राउ गरेको छ ।

 

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्