कोइलाबास नाकामा तटीय क्षेत्रका बस्ती उच्च जोखिममा ‘पहिरोका कारण झोलुङ्गे पुलमा रात कटाउन बाध्य’ – Kanika Khabar
Wednesday, April 24Nepali News Portal

कोइलाबास नाकामा तटीय क्षेत्रका बस्ती उच्च जोखिममा ‘पहिरोका कारण झोलुङ्गे पुलमा रात कटाउन बाध्य’

    मा प्रकाशित

शिवु खनाल

दाङ, ११ भदौ /

दाङको गढवा गाउँपालिका वडा नम्बर ८ कोइालबास निवासी अमित सल्फी पहिरोले विस्थापित हुने अवस्थामा पुग्नुभएको छ । लगातार वर्षातका कारण कोइलाबास खोलामा आएको पहिरो घरैसम्म आइपुगेपछि सल्फी विस्थापित हुने अवस्थामा पुग्नुभएको छ ।

 

घरगोठ माथिबाट झरेको पहिरोका कारण क्षतिग्रस्त भएको सल्फीले बताउनुभयो । खोलाको गहिराई बढ्दै जादाँ सल्फी जस्तै कोइलाबास नाकामा रहेका दर्जनौ बस्तीहरु पहिरोको उच्च जोखिममा छन् । खोलाका छेउछाउमा रहेका केही खेतीयोग्य जमिन र खेतबारी पहिरोले बगाइसकेको छ ।

 

तीनदिन देखि यता भैरहेको निरन्तर बर्षाका कारण कोइालबास नाकाका बिभिन्न ठाउँका बस्तीहरु र कोइलाबास खोला छेउका र सडक आसपासका बस्तीहरु सबैभन्दा बढि बाढी पहिरोको जोखिममा रहेका छन् । नियन्त्रणका लागि प्रयास भए पनि पहिरो डरलाग्दो भएकाले स्थानीयस्तरमा संभव नभएको स्थानीयहरुको भनाई रहेको छ । पिडित सल्फीेले वर्षायाम सुरु भएपछि पहिरोको डरले रातभर जागै बस्ने गरेको बताउनुभयो ।

 

गाउँमै बाँस र खरको सानो झुप्रो बनाएर बसिरहनु भएका उहाँ केही वर्षअघि नै पहिरोले गर्दा घर जोखिममा परेपछि विस्थापित हुनु भएको हो । यता कोइलाबास निवासी नियामत उल्ला सिद्दिकीले पहिरोका कारण एकै घरका चारजनाको समुह झोलुङ् पुलमा रात विताउन बाध्य भएको बताउनुभयो । कच्ची घर र त्यही माथि दुई तीनदेखि निरन्तर पानी परिरहेको छ ।

 

कोइलाबास खोलाको छेवैमा घर छ, कतीेबेला पहिरोले घर लैजाने हो थाहा छैन, चारजनाको समुह घर नजिकै रहेको झोलुङ्गे पुलमा रात कटाउन बाध्यछाँै, सिद्दिकिले भन्नुभयो । बाढि पहिरोका कारण कतिपय तटीय क्षेत्रमा बसोबास गर्ने स्थानीयहरुको घर जगबाटै भत्किन सक्ने अवस्थामा पुगेको स्थानीहयरुको भनाई छ । लगातार वर्षातका कारण कोइलाबास नाकामा दुईवटा घर पहिरोले लगेको छ ।

 

भाडा कुडा, लुगालत्ता, खाद्यान्न लगाएतका केही घरायसी सामानहरु निकाली सुरक्षित स्थानमा राखिएको सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट कोइलाबास नाकाका सशस्त्र प्रहरी निरिक्षक माधबप्रदास ढुङगेलले बताउनुभयो । उहाँका अनुसार पहिरोले दुईवटा घरमा क्षती पु¥याउदा छलाख बराबरको नोक्सानी भएको छ । वर्षाले डुबानको जोखिम बढाएपछि उद्धार कार्यमा तयारी अवस्थामा रहेको उहाँले बताउनुभयो ।

 

उच्च जोखिममा रहेका केही परिवारलाई सुरक्षित स्थानमा सारिएको सशस्त्र प्रहरी निरिक्षक ढुङगेलले जानकारी दिनुभयो । लगातार परेको अविरल वर्षाका कारण देउखुरीका विभिन्न क्षेत्र डुबानमा परेका छन् । राप्ती नदीको तटीय क्षेत्रमा रहेका बस्तीहरु लगायतका धेरै ठाउँमा वर्षाले बढी असर गरेको छ । लगातारको वर्षाले खोला नालामा पानीको बहाब बढेपछि डुबान सुरु भएको हो । वर्षाका कारण देउखुरीका विभिन्न क्षेत्र डुबान भएतापनि अहिलेसम्म मानवीय क्षति भएको छैन ।

 

निरन्तरको वर्षाले राप्ती नदीमा पानीको सतह बढ्न थालेकाले तटीय क्षेत्रका स्थानीय बासिन्दा त्रसित बनेका छन् । वर्षाले नदीमा बाढी आउने जोखिमले स्थानीय त्रसित बनेका हुन् । बाढी र डुबानको उच्च जोखिमलाई न्यूनीकरण गर्न जिल्ला विपद् व्यवस्थापन समितिले बाढी प्रभावित क्षेत्रका नागरिकलाई सतर्कता अपनाउन आग्रह गरेको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्