वर्षाका कारण जनजीवन प्रभावित , पश्चिम नवलपरासीमा २ जनाको मृत्यु , पुर्वी नवलपरासीमा ३ जना बेपत्ता – Kanika Khabar
Tuesday, April 23Nepali News Portal

वर्षाका कारण जनजीवन प्रभावित , पश्चिम नवलपरासीमा २ जनाको मृत्यु , पुर्वी नवलपरासीमा ३ जना बेपत्ता

    मा प्रकाशित

भदौ ११, दाङ ।
केही दिन यता देखि देशका बिभिन्न स्थानमा जारी बर्षाका कारण ठाउँ ठाउँका नागरिकको जनजीवन प्रभावित भएको छ । बर्षाका कारण कतिपय बस्ती डुवानमा परेको छ भने केही स्थानमा पहिरो खसेको छ । बाढी, डुवान र पहिरोका कारण केही व्यक्तिहरुको मृत्यु भएको छ ।

 

अविरल वर्षाका कारण आएको बाढीले बगाउँदा नवलपरासीमा दुई जनाको मृत्यु भएको छ । बाढीले बगाएर एक जना बेपत्ता भएका छन् । मृत्यु हुनेमा रामग्राम नगरपालिका–१८ बञ्जरियाका ३७ वर्षका विनोद पासी र उहाँका छोरा १३ वर्षका प्रदीप रहेका जिल्ला प्रहरी कार्यालय परासीका प्रहरी नायब उपरीक्षक राजु लामाले सीआईएनलाइ जानकारी दिनुभयो । सुनवल नगरपालिका–१४ की एलिसा तामाङ बेपत्ता हुनुभएको छ ।

यस्तै पूर्वी नवलपरासीको हुप्सेकोट गाउँपालिका–४ माथिल्लो चारघरेमा पहिरो जाँदा एकै परिवारका तीन जना बेपत्ता भएका छन् । पहिरोमा परी एक जना गम्भीर घाइते भएका छन् । चारघरेका हस्तबहादुर पुलामीको घरमाथिबाट पहिरो खस्दा ५० वर्षीया धनमाया पुलामी र उहाँका दुई जना नातिनीहरू ७ वर्षीया भूमिसरा र ६ वर्षीया देउमाया बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय नवलपरासीका एसपी प्रकाश मल्लले  जानकारी दिनुभयो ।

 

बाढीले महेन्द्र राजमार्गअन्तर्गत गैंडाकोटको थुम्सी जंगलमा बनाइएको डाइभर्सन बगाएको छ, जसले गर्दा गइरातिदेखि यातायात अवरुद्ध भएको छ । सडक थुनिएपछि पूर्व–पश्चिमतर्फ लागेका सयौं गाडी कावासोती, गैंडाकोट र चितवनमा रोकिएका छन् । लगातारको वर्षा पछि महोत्तरीको रातु नदीमा आएको बाढी बस्तीमा पस्दा ९ सय घर डुबानमा परेका छन् । पहिल्यै देखि जिर्ण अबस्थामा रहेको बाँध भत्काएर बाढी बस्तीमा पसेको छ ।

 

कपिलवस्तुमा पनि गए रातिदेखिको वर्षाले जिल्लाको वाँणगंगा नगरपालिकामा ५० बढी घर डुबानमा परेको छ । बर्षाका कारण अन्य स्थानका राजमार्गहरुमा पनि प्रभाव परेको छ । रेडियो मेलम्चीका अनुसार लगातारको वर्षा र बाढीले पहिरो खस्दा अवरुद्ध हेलम्बु राजमार्ग भने सञ्चालनमा आएको छ।मेलम्ची नगरपालिका–१३ मेलम्ची–जिरोकिलो सडक खण्डस्थित फटकशिला रातो पहरामा माथिबाट पहिरा खस्दा आज बिहानदेखि बाटो अवरुद्ध भएको थियो। अपराह्न पहिरा पन्छाएर सडक सञ्चालनमा आएको स्थानीयबासी पुरु घौरासैनीले जानकारी दिनुभयो ।

 

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्