नयाँ पार्टी दर्ता भएको जानकारी संसद सचिवालयलाई – Kanika Khabar
Saturday, March 2Nepali News Portal

नयाँ पार्टी दर्ता भएको जानकारी संसद सचिवालयलाई

    मा प्रकाशित

भदौ ११, दाङ ।
निर्वाचन आयोगले नेकपा एकीकृत समाजवादी र लोकतान्त्रिक समाजवादी पार्टी लोसपा दर्ता भएको जानकारी संघीय संसद सचिवालयमा पठाएको छ । माधव कुमार नेपाल नेतृत्वको एकीकृत समाजवादीमा ३० र लोसपामा १४ संघीय सांसद रहेको विवरण आयोगको पत्रमा रहेको संसद सचिवालयले जनाएको छ ।

 

एमालेबाट निर्वाचित थप चार सांसदले पनि एकीकृत समाजवादीमा रहन चाहेको निवेदन दिएको पनि आयोगले संसद सचिवालयलाई जानकारी गराएको छ । नयाँ दल दर्ताका लागि निवेदन दिँदा हस्ताक्षर नगरेका सोमप्रसाद पाण्डे, माया ज्ञवाली, तुलसा थापा र शारदादेवी भट्टले भदौ ९ गते सनाखत गर्न पाउँ भन्दै निर्वाचन आयोगमा निवेदन दिएका थिए । आयोगले निवेदनबारे कुनै निर्णय लिएको छैन ।

 

सरकारले २० प्रतिशत संघीय संसद वा केन्द्रीय समितिमा प¥याएर दल विभाजन गर्न पाउने गरी अध्यादेश ल्याएपछि एमाले फुटेर नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टी फुटेर लोकतान्त्रिक समाजवादी पार्टी बनेको हो । दुबै दललाई निर्वाचन आयोगले ९ भदौमा मान्यता दिएको थियो ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्