बाग्मती प्रदेशसभाको आठौं अधिवेशन अन्त्य – Kanika Khabar
Friday, February 14Nepali News Portal

बाग्मती प्रदेशसभाको आठौं अधिवेशन अन्त्य

    मा प्रकाशित

भदौ ११, काठमाडौँ ।
बाग्मती प्रदेशसभाको आठौं अधिवेशन अन्त्य गरिएको छ । बाग्मती प्रदेश मन्त्रिपरिषदको आज बसेको बैठकले प्रदेशसभाको अधिवेशन अन्त्यका लागि प्रदेश प्रमुख यादवचन्द्र शर्मा समक्ष सिफारिस गरेको हो ।

मन्त्रिपरिषदको सिफारिस लगत्तै प्रदेश प्रमुख शर्माले नेपालको संविधानको धारा १८६ को उपधारा २ अनुसार प्रदेशसभाको आठौं अधिवेशन बैठक अन्त्य गर्नुभएको छ । गत जेठ १६ गतेदेखि सञ्चालनमा आएको प्रदेशसभाको आठौं अधिवेशनले प्रदेश सरकारको चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट पारित गरेको थियो । आठौं अधिवेशनमा २४ वटा बैठक बसेको थियो ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्