जबरजस्ती करणी आरोपमा जुम्लामा तीन जना पक्राउ – Kanika Khabar
Sunday, March 3Nepali News Portal

जबरजस्ती करणी आरोपमा जुम्लामा तीन जना पक्राउ

    मा प्रकाशित

काली बहादुर परियार
भदौ ११, जुम्ला ।
जिल्ला प्रहरी कार्यालय जुम्लाले जबरजस्ती करणीमा संलग्न तीन जनालाई प्रकाउ गरेको छ। प्रहरीले चन्दननाथ नगरपालिका ९ बस्ने २० वर्षीय विशाल सार्की सोही ठाउँका २० वर्षकै कमल सार्की र तिला–८ बस्ने २८ वर्षीय जीवन रावतलाई प्रकाउ गरेको हो ।

 

भदौ ७ गते राति ११ बजेको समयमा तातोपानी गाउँपालिका–१ बाइराकी १८ वर्षीया एक किशोरीलाई पाल्ताडाँडामा रहेको जग्गन्नाथ मन्दिरमा मेला हेर्न गएको अवस्थामा पीडितको मोबाइल खोसेर फिर्ता दिने बहानामा बोलाएर जबरजस्ती करणी गरेको आरोपमा उनीहरूलाई प्रकाउ गरिएको प्रहरी निरीक्षक तथा सूचना अधिकारी नविन थापा मगरले बताउनुभयो ।पीडितको मोबाइल खोसेर भागी त्यही मोबाइल फिर्ता दिने बहानामा तातोपानी गाउँपालिका–१ बाइराका पाल्ताडाँडा बोलाई जबरजस्ती करणी गरेको भन्ने जाहेरी दिएको प्रहरी नायव उपरीक्षक दानबहादुर थापाले बताउनुभयो ।

 

त्यस्तै, प्रहरीले जबरजस्ती करणी गरेको आरोपमा तला गाउँपालिकाका एक जनालाई पनि प्रकाउ गरेको छ। तिला गाउँपालिका–६ बस्ने ४५ वर्षीया बोल्न र सुन्न नसक्ने एक महिलालाई जबरजस्ती करणी गरेको आरोपमा २८ वर्षीया जीवन रावतलाई प्रकाउ गरिएको हो ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्