सल्यानमा एक जना मृत फेला – Kanika Khabar
Sunday, March 3Nepali News Portal

सल्यानमा एक जना मृत फेला

    मा प्रकाशित

सरिता चलाउने
भदौ ११, सल्यान ।
सल्यानको दार्मा गाउँपालिकामा एक पुरुष मृत फेला परेका छन् । आज दार्मा गाउँपलिका –५ का अन्दाजी ५० वर्षीय बम बहादुर खत्री मृत फेला परेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

हिजो बैकबाट पैसा निकाल्न भनी फारुला गएका खत्री अबेरसम्म घर नआएपछि गएराती देखिनै परिवारले खोजी गरी रहेका थिए । आज बिहान वडा न ५ कै साउनेखोला स्थित साउनेखोलामा उहाँ मृत भेटिनुभएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी अर्जुन पौडेलले बताउनु भयो । घटनाको विषयमा छानविन सुरु गरिएको उहाँको भनाई छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्